२० बैशाख २०८१, बिहीबार

राष्ट्रिय विभूती जयपृथ्वी बहादुर सिहंको १४६ औ जन्मजयन्ती मनाइयो



बझाङ / राष्ट्रिय विभूती तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४६ औ जन्मजयन्ती बझाङका विभिन्न ठाउँहरुमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।

सदरमुकाम चैनपुरमा रहेको पुरानो सत्यवादी माद्यामिक विद्यालयले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेर जन्मजयन्ती मनाएको छ । सो विद्यालयले हाजिरजवाफ प्रतियोगिता, निबन्ध प्रतियोगिता , हिसाव दौड प्रतियोगिता लगाएका विभिन्न कार्यक्रम गरेको प्रधानाध्यापक रामदत्त उपाध्यायले बताए ।

उनले भने, मानवतावादी राजा जयपृथ्वीले यो विद्यालयको समेत स्थापना गर्नु भएकाले उहाँका विचारहरु विद्यार्थीहरुमा प्रवाह गर्ने उदेश्यले हरेक वर्ष जन्मजयन्ती मनाउदै आएका छौ ।

त्यस्तै जयपृथ्वी बहुमुखी क्याम्पसले समेत एक जुम समारोहको आयोजना गरेर जयपृथ्वीबहादुर सिंहले गरेका काम र लुकेका तथ्यहरु उजागर गर्ने उदेश्यले कार्यक्रम गरेको छ ।

क्याम्पसले जयपुथ्वीबहादुर सिंहका बारेमा जानकार विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुलाई जुम मिटिङमा समेटेको थियो ।
छविसपाथीभेरा गाउँपालिकामा समेत विभिन्न कार्यक्रम गरेर जयपृथ्वीको जन्मजयन्ती मनाइएको छ ।

त्यस्तै सदरमुकाम चैनपुरमा मंगलबार नेपाल पत्रकार महासंघ बझाङ शाखाले प्रभातफेरि तथा मानवतावादी, जयपृथ्वी र अवको यात्रा विषयक विचार गोष्ठी तथा पत्रकार सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

गोरखापत्र दैनिका संस्थापक समेत रहेका राजा जयपृथ्वीले नेपाली पत्रकारिताको विकासका लागी समेत योगदान दिएको भन्दै बझाङ शाखाले हरेक वर्ष मानवता, शुसासन र सामाजिक रुपान्तरणको क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई पुरस्कारका दिदै आएको छ ।

तीन जना पत्रकार पुरस्कृत
नेपाल पत्रकार महासंघ बझाङले स्थापना गरेको जयपृथ्वी पत्रकारिता पुरस्कारबाट रेडियो नेपालमा कार्यरत पत्रकार जगदीश रोकायालाई नगद दश हजार रुपियाँ सहित सम्मान गरिएको छ ।

यस्तैगरेर नेपाल पत्रकार महासंघ बझाङ शाखाका पूर्व सचिव स्वर्गिय नरेश खड्काको सम्झनामा स्थापना भएको नरेश स्मृती पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कारमा रेडियो थलारामा कार्यरत पत्रकार पदम खड्का, साइपाल एफएकी पत्रकार तरुणा जोशीलाई वितरण गरेको छ । साथै कार्यक्रमा रेडियो जनमुखीलाई समेत संस्थागत सम्मान गरिएको छ ।

कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष शैलेन्द्रकुमार रोकायाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार