२३ बैशाख २०८१, आईतवार

राम्रा काम देख्न नसकेर राजनीतिकरुपमा आत्तिएकाहरुले झुटा आरोप लगाए : प्रदेश खेलकूद परिषद



धनगढी / सुदूरपश्चिम प्रदेश खेलकूद परिषदले नेपाल कम्यूनिष्ट पार्टी (वहुमत)को विज्ञप्तीको हवाला दिदै सुदूरपश्चिम खेलकूद परिषद र सदस्य सचिवलाई जोडेर केही सञ्चार माध्याममा आएको समाचारमा आफ्नो ध्यानकर्षण भएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकूद परिषदले न्युन वजेटमा निक्कै धेरै गतिविधी गरिरहेको छ । परिषदले गरेका राम्रा गतिविधिबाट राजनीतिकरुपमा आत्तिएकाहरुबाट प्रभावित भएर नेपाल कम्यूनिष्ट पार्टी (वहुमत) ले विज्ञप्ती प्रकाशित गरेको हाम्रो ठहर छ परिषदका सदस्य सचिव दीपकबहादुर सिंहद्धारा आज जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

उनले नेपाल कम्यूनिष्ट पार्टी (वहुमत) ले विज्ञप्ती उठाएका विषय आफूहरुलाई निरुत्साहित गर्ने ढंगले आएको बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ राम्रो काम गरिरहेको खेलकूद परिषद र पदाधीकारीलाई काम गर्ने वातावरण तयार हुन नदिन निरुत्साहित गर्ने गरेर अनावश्यक दुःख दिने नियतले फैलाइएका भ्रमपूर्ण हल्लाहरु हुन ।

सदस्य सचिव सिंहद्धारा जारी विज्ञप्तीमा भनिएको छ परिषदले नीति, नियम अनुसार काम गरिरहेका छ । खेलकूद परिषदका कामको सम्वन्धित निकायबाट यथार्थ परीक्षण भइरहेको हुन्छ त्यस्तो परीक्षण फेरि पनि गराउन परिषद सदैब तयार छ ।
विज्ञप्तीमा अतिरञ्जितरुपमा फैलाइएका निराधार, तथ्यहीन कुराबाट भ्रममा नपर्न सम्पूर्ण सञ्चारकर्मी, खेलकूदप्रेमी र आमजनसमुदायमा आग्रह गर्दछौ समेत भनिएको छ ।

विप्लव समूहबाट अलग्गिएको सो पार्टीले खेलकूद परिषद र सदस्य सचिव सिंहलाई नौ बुँदे आरोप लगाएर कागजात सहित आफ्नो अदालतमा उपस्थित हुन आव्हान गर्दे परिषदको हातामा पत्र टाँसेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार