४ जेष्ठ २०८१, शुक्रबार

फुटबल संघले स्थानीय तहमा तदर्थ समिति विस्तार गर्ने



धनगढी । कैलाली जिल्ला फुटबल संघले फुटवल क्षेत्रको विकासका लागि जिल्लाका १३ वटै स्थानीय तहमा तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको संघको बैठकले वर्तमान जिल्ला कार्यसमितिका पदाधिकारीलाई सम्बन्धित निकायको प्रमुखको रोहवरमा स्थानीय तहमा एक हप्ताभित्र फुटबल विकास तदर्थ समिति गठन गर्नुपर्ने निर्णय गरेको हो ।

संघका अनुसार स्थानीय तहमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव, कोषाध्यक्ष, दुई महिला सदस्य र दश सदस्य गरि १७ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिनुपर्ने जनाइएको छ ।

तदर्थ समिति गठनका लागि संघले प्रतिनिधित्व नभएका स्थानीय तहमा सदस्यहरु मनोनयन गरेको छ । ‘वर्तमान जिल्ला कार्यसमितिमा प्रतिनिनधित्व नभएका स्थानिय तहमा सम्बन्धित स्थानिय तहका प्रमुखको रायमा संघको कार्यसमिति सदस्य पदाधिकारीको जिम्मेवारी वहन गर्ने गरी मनोनित गरिएको छ’ निर्णयमा भनिएको छ ।

संघले कैलारीमा मनिराम चौधरी, गोदावरीमा गणेश भण्डारी, चुरे गाउँपालिकामा कुँबेर बोगटी, जानकी गाउँपालिकामा भोगेन्द्र चौधरी, जोशीपुर गाउँपालिकामा सुनिल चौधरी, टीकापुर नगरपालिकामा गजेन्द्र शाही, बर्दगोरियामा नृप साँउद र मोहन्याल गाउँपालिकामा भुपजंग शाहीलाई मनोनित गरेको महासचिव ललित मिश्रले जानकारी दिए ।

वैठकले मनोनित गरेको कोषाध्यक्ष अमृत चौधरी र सह–कोषाध्यक्ष भागीराम चौधरीलाई शपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरेको छ ।

यस्तै सो बैठकले संघको सचिवालयमा कामकारवाहीलाई व्यवस्थित, चुस्तदुरुस्त राख्न, संघले तीन जनालाई सहायक महासचिवको पदमा नियुक्त गरेको छ । संघले सहायक महसचिवमा देवराज जोशी, भरत खनाल र महेशराज जोशीलाई नियूक्त गरेको उनले बताए ।

यस्तै संघको बैठकले सचिवालयले तयारी पार्ने नियमावलीका आधारमा जिल्लामा आवद्व १५ क्लव मध्ये क्रियाकलाप तथा सफलताका आधारमा बर्षको उत्कृष्ट क्लवको चयन गरि पुरस्कृत गर्ने निर्णय गरेको अध्यक्ष अनिल मल्लले जानकारी दिए । ‘सचिवालयले तयारी पार्ने नियावलीका आधारमा जिल्लामा दर्ता भएका पुरुष खेलाडीहरु मध्ये खेल तथा अनुशासनका आधारमा बर्षको पुरुष खेलाडी र महिला खेलाडीको चयन गरि पुरस्कृत गर्ने निर्णय भएको छ’ उनले भने ।

यस्तै सो बैठकले २०७७ असोज २१ गतेका दिन पुर्व अध्यक्ष मोहित कुमार शाहको अध्यक्षतमा बसेको कार्यसमितिको वैठकले प्रदेश समिति गठनका लागि पठाएको नामावलीमा खारेज गरेको छ । संघले पठाईएको नामावलीमा फेरवदल गर्नुपर्ने आवश्यक देखिएकोले सो अनुमोदित नामावली खारेजी गरिएको अध्यक्ष मल्लले बताए ।

यस्तै बैठकले २२ वटा व्यवस्थापन समिति पनि गठन गरेको छ । सो समितिलाई आवश्यकता अनुसार विस्तार गर्दै लगिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार