६ जेष्ठ २०८१, आईतवार

पाँचौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता पोखरामा हुदै



धनगढी / नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा पाँचौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता असार ६ र ७ गते पोखरामा हुने भएको छ ।

पोखरा रंगशाला भित्र रहेको अन्नपूर्ण स्केटपार्कमा दुई दिनसम्म हुने प्रतियोगितामा पुरुषतर्फ १०० र महिलातर्फ ३० खेलाडीले सहभागीता जनाउने छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने स्केटिङ तथा स्केटबोर्डिड बोर्डका अध्यक्ष अचुत खनालले बताए ।

प्रतियोगिताका लागि निर्णायकहरु भारत र माल्दिभ्सबाट आउने छन् । सो प्रतियोगिताका विजेताहरुले अगस्ट अन्तिममा हुने थाइल्यान्डमा हुने एसियन प्लेट च्याम्पियनसिपमा सहभागी हुन पाउने अध्यक्ष खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार