३ जेष्ठ २०८१, बिहीबार

राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता : उपाधीका लागि नेपाल आर्मी र एपिएफ भिड्दै



धनगढी / धनगढीमा जारी मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी क्लव र सशस्त्र प्रहरी बल (एपिएफ) क्लव भिड्ने भएका छन् ।

फाइनल खेल आज (बुधबार) हुँदै छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल आर्मीले लुम्बिनी प्रदेशलाई ४५–१२ ले हरायो । दोस्रो सेमिफाइनलमा एपिएफ क्लवले सुदुरपश्चिम प्रदेशलाई ३७–३२ ले पराजित गर्यो ।

अखिल नेपाल कबड्डी संघको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले एक लाख ५० हजार तथा उपविजेताले ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, सेमिफाईनलमा पुग्ने दुई टोलीलाई ४० हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार