१० श्रावण २०८१, बिहीबार

मुख्यमन्त्री विवाईसी महिला गोल्डकप



धनगढी / सानदार खेल प्रदर्शन गर्दै धनगढीमा जारी मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबलमा विभागीय टोली एफिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा सोमबारको खेलमा एफिएफले विराटनगर महानगरपालिका टिमलाई सून्यका विरुद्ध आठ गोलको फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

सोमबारको खेलको आकर्षण एपिएफका सावित्रा भण्डारी बनिन् । प्रतियोगितामा पहिलो ह्याट्रिक बनाउँदै सावित्राले समग्रमा पाँच गोल गरिन् ।

उनले खेलको ३६ औं मिनेटमा पहिलो गोल गरिन् भने ५१ औं, ७४ औं, ७९ औं र ९० औं मिनेटमा क्रमश दोस्रो, तेस्रो, चौथो र पाँचौ गोल गरिन् ।

त्यस्तै, एफिएफका अनिता बस्नेत, सविता रानामगर र सरु लिम्बुले एक/एक गोल गरे ।
खेलको वुमन अफ दि म्याच सावित्रा बनिन् ।

वनदेवी युवा क्लवको आयोजनमा जारी महिला गोल्डकप फुटवल पूतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताअन्तर्गत आज (मंगलबार) साँझ आयोजक वनदेवी युवा क्लव र कालिका स्पोर्टस् एकेडेमी, चितवनबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिता आगामी १० गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार