३ जेष्ठ २०८१, बिहीबार

आर्मी बन्यो, मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल च्याम्पियन



धनगढी / त्रिभुवन आर्मी क्लवले मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

धनगढीमा शनिबार भएको फाइनल खेलमा त्रिभूवन आर्मीले नेपाल पुलिस क्लवलाई पराजित गर्दै कप उचाल्यो । जीतसंगै आर्मी क्लवले चार लाख रुपैया“ नगद पुरस्कार प्राप्त गरेको छ ।

उपविजेता नेपाल पुलिस क्लवले दुई लाख रुपैया“ पुरस्कारमा चित्त बुझाएको छ ।

फाइनलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गर्यो । आर्मी क्लवले पहिलो र दोस्रो सेट २५–२३ र २५–२० अंकले जितको थियो । तेस्रो सेटमा भने पुलिस क्लवले २५–१८ ले आफ्नो पक्षमा पार्यो । तर, आर्मीले चौथो सेट २५–२२ ले जित्दै उपाधीमाथि कब्जा जमायो ।

यसअघि तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफलाई ३–१ को सेटमा हरायो । तेस्रो स्थान प्राप्त गरेको गण्डकीले एक लाख रुपैया तथा चौथो स्थान प्राप्त गरेको एपिएफले ५० हजार रुपैया नगद पायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मी क्लवका मानबहादुर श्रेष्ठ बन्दै १५ हजार रुपैया पुरस्कार प्राप्त गरे ।

त्यस्तै, उदयमान खेलाडी सुदूरपश्चिम प्रदेशका दिनेश चन्द बने । भने उत्कृष्ट लिफ्टर आर्मीका हरिहजुर थापा, उत्कृष्ट स्पाइकर नेपाल पुलिस क्लवका रविन चन्द, उत्कृष्ट ब्लकर आर्मीका हरि अधिकारी, उत्कृष्ट डिफेन्सर गण्डकीका राजन दर्लामी, उत्कृष्ट सर्वर नेपाल पुलि क्लवका इमराना मगर र उत्कृष्ट प्रशिक्षक आर्मीका जगतबहादुर सिंह बने ।

विजेता खेलाडी तथा प्रशिक्षकले जनही १० हजार रुपैया प्राप्त गरे ।

प्रतियोगिता समापनका अवसरमा सुदूरपश्चिमका सामाजिक विकासमन्त्री लालबहादुर खड्का लगायतले विजेता टोली तथा खेलाडीहरुलाई ट्रफी, पदक तथा पुरस्कार वितरण गरे ।

प्रतियोगितामा तीन विभागीय र छ प्रदेश गरी नौ टोलीको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमका आठ भलिबल खेलाडीलाई सम्मान गरियो
मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समापनका अवसरमा सुदूरपश्चिम प्रदेशका आठ जना भलिबल खेलाडीलाई सम्मान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार कार्यक्रममा नेपाली राष्ट्रिय भलिबल टोलीको १५ वर्षसम्म नेतृत्व गरेका अछामका भरत शाहलाई सम्मान गरियो ।

त्यस्तै, सम्मान गरिएका अन्य खेलाडीहरुमा राजेन्द्र बिष्ट, विनोद चन्द, दिनेश गिरी, विशाल विक, टेकराज अवस्थी, भैरव बम, रविन चन्द र दीपक जोशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार