२ जेष्ठ २०८१, बुधबार

मेयर धनगढी प्याब्सन कपः लिटल फ्लावर र स्टेपिङ स्टोन उपाधिका लागि भिड्ने




धनगढी / धनगढीमा जारी मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि लिटल फ्लावर स्कुल र स्टेपिङ स्टोन भिड्ने भएका छन् ।

आज भएको सेमिफाईनलमा जीत हासिल गर्दै दुई टीम उपाधिका लागि शुक्रबार भिड्न लागेका हुन् ।

आजको पहिलो सेमिफाईनलमा स्टेपिङ स्टोनले एरिष्टो स्कुललाई ९ विकेटले हरायो । पहिले ब्याटिङ गरेको एरिष्टोले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन बनायो । प्रतिउत्तरमा स्टेपिङ स्टोनले ९ ओभरमा एक विकेट क्षतिमा लक्ष्य भेट्टायो ।

आजकै दोस्रो सेमिफाईनलमा लिटल फ्लावरले पञ्चोदय माविमाथि १९ रनको जित दर्ता गर्यो । पहिले ब्याटिङ गर्दै लिटल फ्लावरले २० ओभरमा ७ विकेट क्षतिमा १३९ रन बनायो । प्रतिउत्तरमा पञ्चोदयले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १२० रन मात्रै बनाउन सक्यो ।

धनगढीको प्रदेश प्रहरी कार्यालयको मैदानमा जारी प्रतियोगिता शुक्रबार सकिदैछ । प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार