२ जेष्ठ २०८१, बुधबार

मेयर एसपिए कप महिला भलिबलको उपाधि टीकापुरलाई




धनगढी / चौथो मेयर एसपिए कप महिला भलिबल प्रतियोगिताको उपाधि टीकापुर बहुमुखी क्याम्पसले प्राप्त गरेको छ ।

धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसले आयोजना गरेको प्रतियोगितामा आयोजक टिमलाई हराउँदै टिकापुर बहुमुखी क्याम्पसले उपाधि जितेको हो । चौथो संस्करणको प्रतियोगितामा आयोजक सुदूरपश्चिमाञ्चल क्याम्पस उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ ।

टीकापुर बहुमुखी क्याम्पसले उपाधिसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पनि पाएको छ । उपविजेता सुदूरपश्चिमाञ्चल क्याम्पसले २५ हजार नगद पाएको छ ।

महिला भलिबल प्रतियोगितामा कान्तिराज्यलक्ष्मी मावि पहलमानपुरलाई हराएर अत्तरियाको दुर्गालक्ष्मी तृतीय भएको छ । तेश्रो स्थानमा रहेको दुर्गालक्ष्मीले १२ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

धनगढी उपमहानगरका खेलकुद संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापाले विजेता, उपविजेता र तेश्रो भएका टिमहरुलाई पुरस्कार वितरण गरे ।

टीकापुर बहुमुखी क्याम्पसकी अनुषा चौधरी प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । फागुन ३० गतेदेखि शुरु भएको प्रतियोगितामा कैलाली जिल्लाका ९ वटा टिम सहभागी थिए ।

समापन तथा पुरस्कार वितरण समारोहमा क्याम्पसका प्रबन्ध निर्देशक सुवाश शाही, क्याम्पस प्रमुख योगराज उपाध्याय, क्याम्पसका खेल प्रशिक्षक भागिराम बखरिया लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार