३ जेष्ठ २०८१, बिहीबार

मुख्यमन्त्री कप अन्डर १९ महिला राष्ट्रिय क्रिकेट हुँदै



धनगढी / कैलालीको धनगढीमा सुदूरपश्चिम मुख्यमन्त्री कप अन्डर १९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेपाल क्रिकेट संघको आयोजनामा यहि चैत ६ गतेदेखि ११ गतेसम्म सो प्रतियोगिता सञ्चालन हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । सो प्रतियोगिताको मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ ।

१९ वर्ष मुनिका महिला क्रिकेट खेलाडीलाई लक्षित गर्दै सो प्रतियोगिता गरिन लागेको संघका अध्यक्ष हरि रेग्मीले बताए । १९ वर्षमाथिका महिला खेलाडीलाई लक्षित गरेर विभिन्न समयमा क्लब तथा संस्थाहरुले खेल प्रतियोगिता आयोजना गर्दै आइरहेका छन उनले भने –१९ वर्ष मुनिका खेलाडीको प्रतिभा पहिचान गर्न प्रतियोगिता गरिन लागेको हो ।

फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने सो प्रतियोगिताका लागि अहिले तयारी तिव्र पारिएको उनले बताए ।
सो प्रतियोगितामा सात वटै प्रदेशका एक÷एक टीमको सहभागिता रहने छ ।

प्रतियोगितामा प्रथम हुने टीमले पाँच लाख नगदसहित र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल प्राप्त गर्ने छन । प्रतियोगितामा उत्कृष्ट खेलाडी, बलर, रनरलाई पनि पुरस्कार प्रदान गरिने भएपनि के–कति दिने भन्नेबारे आयोजकले अहिले सार्वजनिक गरेको छैन ।

अध्यक्ष रेग्मीले भने –‘उत्कृष्ट खेलाडी, रनरअफ, बलर लगायतलाई पनि पुरस्कार प्रदान गरिने छ । त्योबारे हामी अर्को पत्रकार सम्मेलनमार्फत जानकारी गराउने छौं ।’

खेलकुद परिषदका सदस्य सचिव दीपक सिंहले खेलकुदको प्रवद्र्धन गर्न प्रदेश सरकारले विभिन्न संघ तथा क्लबहरुसंग सहकार्य गरेर प्रतियोगिताहरु सञ्चालन गरिरहेको बताए ।

‘हामीले धनगढीमा नेपाल त्रिकेट संघसंग सहकार्य गरेर पुरुष स्तरिय क्रिकेट प्रतियोगिता गरि सकेका छौं । अब महिला स्तरिय क्रिकेट प्रतियोगिता गरिरहेका छौं ।

केही दिनमै प्रदेशमा राष्ट्रिय स्तरिय भलिबल प्रतियोगिता पनि गरिने छ उनले भने‐क्लबसंगै सहकार्य गरेर हामीले मुख्यमन्त्री खप्तड गोल्ड कपमा लगानी गरिसकेका छौं ।

उनले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशले खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिताहरु गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार