२ जेष्ठ २०८१, बुधबार

सुदूरपश्चिम खप्तड गोल्डकप : बागमती युवा क्लव सेमिफाइनलमा



धनगढी / धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटवलमा बागमती युवा क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबारको निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा बागमतीले सहिद स्मारक ए डिभिजन लिग च्याम्पीयन मछिन्द्र क्लवलाई पेनाल्टी सुटआउटमा हराउदै सेमिफाइनलमा प्रवशे गर्यो ।

खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुननसकेर खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा बागमतीले मछिन्द्र फुटबल क्लवलाई ४–२ ले हरायो ।

बागमतीले सेमिफाईनलमा फ्रेन्ड्स क्लवको सामना गर्नेछ ।

बागमतीलाई अन्तिम चारमा पुराउन अमर श्रेष्ठ, ईमान घलान, विदेशी खेलाडी ड्याडी र अनिल रानामगरले गोल गरे । वागमतिका दिवश लिम्बुको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले असफल पारेका थिए ।

मछिन्द्रको तर्फबाट कप्तान रञ्जित धिमाल र विमल घर्तीमगरले गोल गरे । तर, विशाल राई र विदेशी खेलाडी ओमाडेजले प्रहार गरेको गोल पोष्टबाट बाहिरियो ।

मंगलबारको खेलमा वागमतिका निकोलस फर्नाडेज म्यान अफ द म्याच बने । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
खेलपछि प्रतिक्रिया दिदै वागमतिका प्रशिक्षक रोहित केसीले लिग च्याम्पीयन र ए डिभिजन क्लवका खेलाडीहरुलाई हराउँदा निकै खुशी लागेको बताए । उनले भने– ‘आज हामी निकै खुशी छौं ।

सुदूरपश्चिम–११ स्पोटर््स क्लव, धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख रुपैया तथा उपविजेता टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पुरस्कार पाउनेछन् । भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार