१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिम खप्तड गोल्डकप : बागमती क्वार्टरफाइनलमा




धनगढी / धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा सर्लाहीको बागमती युवा क्लव क्वाटरफाईनल प्रवेश गरेको छ ।

शुक्रबारको खेलमा बागमतीले न्युरोड टीम (एनआरटी) लाई पेनाल्टीमा तीनका विरुद्ध चार गोलले हराउदै अन्तिम आठमा प्रवेश गर्यो ।
खेलको निर्धारित समय बागमती र एनआरटीले दुई/दुई गोलको बराबरी खेले । खेलको ६८ औं मिनेटमा एनआरटीका स्टेफेन समीरले पहिलो र ७५ औं मिनेटमा दोस्रो खेल गरे ।

खेलको ८३ औं मिनेटमा बागमतीका बिमल घिसिङले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्याए । दुई मिनेटपछि खेलको ८५ औं मिनेटमा बागमतीका कप्तान विजय घलानले गोल गर्दै खेललाई दुई÷दुईको बराबरीमा ल्याए ।

निर्धारित समय बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा बागमतीका अमुल श्रेष्ठ, बिजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे । सुमन राई पेनाल्टीमा चुके । एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे । तर, आन्द्रे थिएरी र सन्जिब बिष्टले पेनाल्टीमा गोल गर्न सकेनन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका बागमतीका गोलरक्षक मनोज प्रधान म्यान अफ द म्याच भए । उनले १० हजार नगद प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार