१० श्रावण २०८१, बिहीबार

प्रधान सम्पादक स्वाँरलाई प्रभास राज्यलक्ष्मी पत्रकारिता पुरस्कार




धनगढी / अनुमोदन खवर र अनुमोदन दैनिकका प्रधान सम्पादक मनमोहन स्वारलाई प्रभास राज्यलक्ष्मी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

नेपाली साहित्य महोत्सव, २०७८ का अवसरमा बिहीबार सुदूरपश्चिमाञ्चल साहित्य समाजले पत्रकार स्वारलाई सो पुरस्कार प्रदान गरेको छ ।

महोत्सव उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सो पुरस्कार हस्तान्तरण गरे । पुरस्कारको राशी २० हजार रुपैया रहेको छ ।

यस्तै सोही पुरस्कारबाट नागरिक दैनिकका संवाददाता दीलबहादुर छत्याललाई समेत पुरस्कृत गरिएको छ ।।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले ईमान्दार पत्रकारीतामार्फत भाषा, साहित्य र संस्कृती क्षेत्रमा योगदान पुर्‍याएवापत पत्रकार स्वाँर र छत्याललाई २० / २०हजार राशीको पुरस्कार प्रदान गरिएको समाजका अध्यक्ष रामलाल जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार