१७ बैशाख २०८१, सोमबार

मुख्यमन्त्री अन्तराष्ट्रिय खप्तड गोल्डकपको खेलतालिका सार्वजनिक




धनगढी / पाँचौ संस्करणको मुख्यमन्त्री अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

सार्वजनिक भएको खेलतालिका अनुसार उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र दिल्ली फुटबल क्लब खेल्ने भएका छन्।

सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीको आयोजनामा प्रतियोगिता आउँदो फागुन १९ देखि २८ गतेसम्म हुँदैछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीका अनुसार प्रतियोगितामा मनाङ र दिल्लीसहित हिमालयन शेर्पा क्लब, नव जन जागृति युवा क्लब सिमरा, आयोजक सुदूरपश्चिम–११ धनगढी, क्यामरुनको अवेनिरी फुटबल क्लब, फ्रेन्ड्स क्लब काठमाण्डौ, वाग्मती युथ क्लब, न्युरोड टिम एनआरटी र मछिन्द्र क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार