८ बैशाख २०८१, शनिबार

कैलाली काँग्रेसमय बनाउन सचिवमा उठ्दैछु : शाह




टीकापुर क्षेत्रमा पर्यटन पर्वद्धन, होटल व्यवसाय, र कृषिलाई आफ्नो पेशा बनाएका ५१ वर्षीय थर्कबहादुर शाह अव राजनीतिमा सक्रिय हुने भएका छन् ।

राजनीतिलाई अझ मर्यादित, जिम्मेवार, उद्यमशिल बनाउन योगदान पुगाउने हिसावले सक्रिय राजनीतिमा लाग्न थालेको बताउने शाहले राजनीति गर्नकै लागि आफ्ना व्यवसायिक कामलाई अलि घटाएका छन् ।

यद्यपी उनले नेपाली काँग्रेसको वडादेखि क्षेत्रीय समितिको कोषाध्यक्षको संगालेका छन् । चुनावमा समेत आर्थिक जिम्मेवारी पाउने शाहले पारदर्शी तरिकाले गर्ने काम काँग्रेसमा पनि प्रशंसनीय रहने गरेको छ ।

उनी भन्छन् उद्यमशिलताबाट बाँच्न पुग्ने गरेर काम जारी राखेर राजनीति गर्ने गर्ने सोचमा छु । आफू चन्दाबाट होइन व्यवसायबाटै चल्ने उनको अठोट छ ।

स्नातक तह उत्तिर्ण तीनै शाह नेपाली काँग्रेसको आसन्न निर्वाचनमा सचिव पदमा उठ्दै छन् । प्रस्तुत छ शाहको उम्मेदवारी बारे गरिएको संक्षिप्त कुराकानी ।

तँपाई नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लाग्दै हुनुहुन्छ, के अव चै कैलाली काँग्रेसको अधिवेशन निर्धारित समयमै होला त ?

हो म अव सक्रिय राजनीतिमा लाग्ने भएको छु । त्यसै कारण जिल्ला सचिव पदमा उम्मेदवार हुँदैछु । यसपटक कैलाली काँग्रेसको जिल्ला अधिवेशन निर्धारित समयमै फागुन १५ गते हुन्छ भन्नेमा ढुक्क छु ।

यसपटक अधिवेशन हुनै पर्ने वाध्यता छ । खासगरेर स्थानीय चुनाव केन्द्रीत हुनका लागि पनि जिल्ला अधिवेशन निर्धारित समयमै हुन जरुरी छ ।

तँपाईले सचिव पदको उम्मेदवार हुँ भन्नुभयो, किन सचिव पदमा उठ्दै हुनुहुन्छ ?
मुलरुपमा नेपाली काँग्रेस कैलालीको संगठनात्मक संरचना अझ मजबूद बनाउन र पार्टीलाई विस्तार गर्नका लागि सचिव पदको उम्मेदवार भएको छु ।
साथसाथै पार्टीमा आवद्ध सदस्यहरुको बृत्ति विकास गर्न पनि जरुरी छ । अवका तीनवटै चुनावमा काँग्रेसमय बनाउनका लागि पनि म सचिव हुँदा अझ महत्वपूर्ण योगदान पुगाउछु भन्ने लाग्छ ।

तँपाई सचिवमा चुनाव जित्ने विश्वास र आधार के हुन ?
काँग्रेसजनलाई थाहा छ म इमान्दारीपूर्वक काँग्रसको काम गर्न सक्छु भन्ने । त्यसैमा नयाँ र पुराना पुस्ताका सबै नेताले मलाई अगाडि बढ्न हौसला दिनु भएको छ ।
सम्वन्ध र समन्वयमा पनि मैले सन्तुलन कायम गर्न सकेको छु । म अहिलेका सचिवका उम्मेदवारहरु भन्दा उमेरले पाको पनि छु । त्यसैमा सचिवमा दुई मत हाल्न पाउने भएकोले पनि मलाई मतदाताले एक भोट दिन्छन भन्ने विश्वास छ ।

काँग्रेसका विभिन्न टीम बन्दैछन् तपाईको उम्मेदवारी कुन समूहबाट हुन्छ ?
म केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षबाट सचिवको उम्मेदवार हुन्छु । मलाई त्यही टिममा सचिव बनाइन्छ भन्ने विश्वास छ ।

काँग्रेस संस्थापनबाट सचिवको उम्मेदवारी पाउनु भएन भने के गर्नुहुन्छ ?
मलाई संस्थापनबाट उम्मेदवार बनाइन्छ भन्नेमा ढुक्क छु । बनाइएन भने पनि मेरो उम्मेदवारी कायम रहन्छ । मलाई पछि नहट्नका लागि नयाँ र पुराना पुस्ताको दवाव पनि छ । म चुनाव जित्नेमा ढुक्क छु ।

राजनीति गर्नेहरु उद्यमशिलतामा जोडिदैनन् तर विलासी तरिकाले जीवन जिउछन् त्यो कसरी हुन्छ भन्ने प्रश्न आममानिसमा छ तँपाइ आफू र काँग्रेसलाई कसरी लैजाने सोचमा हुनुहुन्छ ?
हो राजनीति गर्नेहरुमध्येको व्यवसाय वा उद्यम छैन । म भने सँधै उद्यममै जोडिएको छु ।

अहिले पहिलेको तुलनामा व्यवसायिक कर्म घटाए पनि आफू र आफ्नो परिवार अनि राजनीति गर्न सक्ने गरेर उद्यममा जोडिएको छु ।

म सचिव भएपछिको एउटा मुद्धा त्यो पनि हुने छ कि कम्तिमा सक्रिय राजनीति गर्नेहरु उद्यममा जोडिउन । जसले आफ्नो खर्च चलाउन चन्दा माग्नु पर्ने अवस्था नआयोस ।

अन्तमा मतदातालाई के भन्न चाहनुहुन्छ ?
म कैलाली जिल्लाभरका सबै काँग्रेस मतदाताहरुलाई जिल्ला अधिवेशनमा मलाई मतदान गर्न आग्रह गर्दछु ।

म जिते भने काँग्रेसजनको शीर अझ उचो बनाउने छु । मलाई मत दिएकोमा पश्चात मान्नु पर्ने अवस्था मैले सृजना हुन दिने छैन ।

काँग्रेस कार्यकर्ताको भावना अनुसार इमान्दारीतापूर्वक पार्टी काम गर्ने प्रतिवद्धता पनि गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार