१७ बैशाख २०८१, सोमबार

एलपीएल क्रिकेट :सत्यवती र होलिल्याण्ड विजयी,सन्दीपले बनाए सबैभन्दा छिटो अर्धशतक






धनगढी / धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिताको पा“चौ दिन शुक्रबारको खेलमा अत्तरियाको सत्यवती एकेडेमी र होलिल्याण्ड एकेडेमी विजयी भएका छन् ।

शुक्रबारको खेलमा अत्तरियाको सत्यवतीले लम्कीको गुरुकुल स्कुललाई एक सय ५४ रनले हराएको छ । अर्को खेलमा होलिल्याण्ड स्कुलले सैनिक आवासीय स्कुललाई पाच विकेटले पराजित गर्यो ।

प्रहरी खेल मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गर्न ओर्लिएको सत्यवतीले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाएर दुई सय नौ रनको बिशाल रनस्कोर खडा गर्यो ।

सत्यवतिको ब्याटिङ्ग पारीमा सन्तोष कार्की र सन्दीप खत्रीको बिस्फोटक खेल उल्लेख्य रह्यो । सन्तोषले तीब्र गतिमा ८० रन बनाए । भने सन्दीपले एलपीएल शृंखलामा सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड बनाए ।

सन्तोषले ३९ बलमा आठ छक्का र पाच चौका हिर्काउदै ८० रन बनाए । सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड बनाएका सन्दीपले जम्मा १२ बलमा छ छक्का र चार चौका प्रहार गरे ।

त्यस्तै, सुजन गौतमले २७ बलमा ४५ रनको ताबडतोड पारी खेले ।

बलिङ्गतर्फ गुरुकुलका दिनेश अधिकारी, जानु कस्गर र बिशाल बिक्रम केसीले दुई÷दुई विकेट लिए ।

दुई सय १० रनको कठिन विजयी लक्ष्यसहित ब्याटिङ्ग गर्न उत्रिएको गुरुकुल एकेडेमी ५५ रनमा अलआउट भयो ।

गुरुकुलका सिराज बागवानले २६ तथा समीर रानाले १४ रन बनाए पनि अरु कोही पनि ब्याट्सम्यानले दोहोरो अङ्क नै छुन सकेनन् ।

गुरुकुललाई झिनो रनस्कोरमा समेट्ने क्रममा सत्यवती एकेडेमीका युवराज खत्रीले तीन विकेट लिए । भने आदिल अन्सारी र सुजन गौतमले दुई÷दुई तथा सन्दीप खत्री, नीरज भट्ट र सन्तोष कार्कीले एक/एक विकेट लिए ।

सो खेलको प्लेयर अफ द म्याच सत्यवतीका सन्तोष बने । उनले सर्वाधिक छक्काको अवार्ड पनि प्राप्त गरे ।

खेलमा गेम चेञ्जर अवार्ड सत्यवतिका सन्दीपले प्राप्त गरे ।

शुक्रबँरको अर्को खेलमा होलिल्याण्डले सैनिक आवासीय महाविद्यालय तेघरीलाई पाच विकेटले पाखा लगायो ।

खेलमा सैनिक आवासीय विद्यालयले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गर्यो । सैनिक आवासीयले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५७ रनको चुनौतिपूर्ण स्कोर बनायो ।

सैनिक आवासीयका खडक बोहराले पाच चौका र चार छक्का हिर्काउदै ५१ बलमा ६९ रन बनाए ।

त्यस्तै, प्रज्ज्वल थापाले ५१ बलमा तीन चौका र दुई छक्का सहित ५७ रन बनाए ।

बलिङ्गतर्फ होलिल्याण्डका जीत साउदले तीन तथा सञ्जय बोहराले दुई विकेट लिए । एक विकेट अभिनारायण कोइरालाको नाम रह्यो ।
प्रतिउत्तरमा होलिल्याण्डले १७ दशमलव दुई ओभरमा पाच विकेट क्षतीमा विजयी लक्ष्य पुरा गर्यो ।

होलिल्याण्डका दीपक टमट्टाले १८ बलमा पाच चौका र चार छक्का प्रहार गर्दै ४९ रन बनाए । त्यस्तै, कृष्ण भट्टले ४२ बलमा अविजित ४२ रन बनाए भने गजेन्द्र बोहराले २०, अभिषेक पालले १९ र राज विश्वकर्माले १० रन बनाए ।

बलिङतर्फ सैनिक आवासीयका खडक बोहराले दुई तथा गौतम केसी र हरिश धामीले एक/एक विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच होलिल्याण्ड एकेडेमीका कृष्ण भट्ट बने । भने गेम चेन्जर अवार्ड दीपक टमाटले प्राप्त गरे । खेलमा सर्वाधिक छक्काको अवार्ड खडक बोहरा र दीपक टमटाले प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत आज (शनिबार) को खेल काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कुल र अत्तरियाको एभरेष्ट एकेडेमी तथा विद्याभुषण र गुरुकुलबीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार