१७ बैशाख २०८१, सोमबार

एलपीएल–६ क्रिकेट : होलिल्याण्ड र लिटल फ्लावरको जीत




धनगढी / धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्डर–१९ क्रिकेटको चौथो दिन बिहीबारको पहिलो खेलमा अत्तरियाको होलिल्याण्ड स्कुल तथा आयोजक लिटल फ्लावर स्कुल विजयी भएका छन् ।

होलिल्याण्डले दोधाराचाँदनीको शारदा सरस्वतीलाई दुई विकेटले हरायो भने लिटल फ्लावरले धनगढीको स्टेपिङ्ग स्टोन स्कुललाई ७१ रनले पराजित गर्यो ।

धनगढीस्थित प्रहरी खेल मैदानमा भएको पहिलो खेलमा शारदा सरस्वतीले टस जीतेर ब्याटिङ्ग गर्न ओर्लियो । तर, होलिल्याण्डका बलरहरुको घातक तथा सटिक बलिङ्गसामु सरस्वतीका ब्याट्सम्यानहरुले शुरुदेखि नै खुलेर खेल्न सकेनन् । र सरस्वती १८ दशमलव तीन ओभरमा ७४ रनमै अलआउट भयो ।

सरस्वतीका विकाश सुनारले ११ रन तथा निरज तेज चन्द र मिलन बोहराले १०÷१० रन बनाए । भने अरु खेलाडी कसैले पनि दोहोरो अङ्क छुन सकेनन् ।

सरस्वतीलाई सामान्य रनस्कोरमा खुम्च्याउने क्रममा होलील्याण्डका सञ्जय बोहराले तीन विकेट लिए । त्यस्तै, अभिनारायण कोइराला, गजेन्द्र बोहरा र श्याम साउदले दुई÷दुई विकेट प्राप्त गरे ।

७५ रनको सामान्य विजयी लक्ष्य होलिल्याण्डले १७ औ ओभरमा आठ विकेट गुमाएर पुरा गर्यो ।

होलिल्याण्डको जीतमा अभिषेक पालले २२ रन तथा सञ्जय बोहराले अविजित १० रनको योगदान दिए ।

बलिङ्गतर्फ शारदा सरस्वतिका हेमन्त धामी, गणेश बिटालु र विकाश सुनारले दुई/दुई विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच सरस्वतीका सञ्जय बने ।

बिहीबारको अर्को खेलमा प्रारम्भिक ब्याट्सम्यान सुवास ऐरको धुँवाधार ब्याटिङ्ग तथा बलरहरुको कसिलो बलिङ्गसंगै आयोजक टिम लिटल फ्लावरले स्टेपिङ्ग स्टोनलाई हरायो ।

टस जितेर स्टेपिङ्ग स्टोनले पहिले फिल्डिङ्ग रोज्यो । तर, उसको सो निर्णयलाई लिटल फ्लावरका ब्याट्सम्यानहरु तहसनहस गर्दै निर्धारित २० ओभरको खेलमा आठ विकेट क्षतीमा एक सय ६२ रनको विशाल स्कोर खडा ग¥यो ।

लिटल फ्लावरको ब्याटिङ्ग पारीमा सुवास ऐरको बिस्फोटक ब्याटिङ्ग उल्लेख्य रह्यो । उनले ६७ रनको अर्धशतकीय पारी खेल्ने क्रममा चार विशाल छक्का र आठ चौका प्रहार गरे । उनी खेलको प्लेअर अफ द म्याच पनि बने ।

त्यस्तै, अनुराग सिंहले १३ तथा अनिल थापा र पुस्कर बडुले १२/१२ रनको योगदान दिए ।

बलिङ्गतर्फ टेपिङ्ग स्टोनका वीरेन्द्र चन्द र आयुब चन्दले दुई/दुई तथा दिनेश ओडले एक विकेट लिए ।

प्रतिओभर ८ दशमलव १५ रनको चुनौतिपूर्ण विजयी लक्ष्य पछ्याएको स्टेपिङ्ग स्टोनका खेलाडीहरु लिटल फ्लावरका बलरको सटिक तथा कसिलो बलिङ्गसामु शुरुदेखि दबावमा खेले । परिणामस्वरुप स्टेपिङ्ग २० ओभरमा सात विकेट क्षतीमा ९१ रनमा सिमित भयो ।

स्टेपिङ्गका आयुब चन्दले ३२ रन तथा बिशाल बिष्ट र भुपेश जोशीले १४/१४ रन बनाए ।

स्टेपिङ्गमाथि फराकिलो जित हासिल गर्ने क्रममा लिटल फ्लावरका अनुराग सिंहले दुई तथा प्रकाश जैसी, सुवास ऐर र नरेन भट्टले एक÷एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार