७ बैशाख २०८१, शुक्रबार

बुद्धले फागुन १७ गतेदेखि धनगढीदेखि पोखरा उडान गर्दै



धनगढी / बुद्ध एयरले धनगढीबाट पनि पोखरा सिधा उडान भर्ने भएको छ । यसअघि अन्तरप्रदेश काठमाडौं, भरतपुर र भैरहवाबाट मात्रै पोखरा सिधा उडान भरिरहेको कम्पनीले अब जनकपुर र धनगढीबाट समेत उडान भर्न लागेको हो ।

मंगलबार एक सूचना जारी गर्दै कम्पनीले आगामी मार्च १ ( अर्थात फागुन १७ गते ) देखि जनकपुरधाम र धनगढीबाट पोखरा नियमित उडान भर्ने जनाएको छ ।

शुरुमा साताको ३ दिनमात्रै उडान तालिका बनाएको कम्पनीले यात्रुको माग अनुसार दैनिक बनाउने योजना समेत बनाएको जानकारी दिएको छ ।
कम्पनीका अनुसार जनकपुरबाट सोमबार, बिहिबार र शनिवार पोखरा उडान हुनेछ भने धनगढीबाट आईतबार, बुधबार र शुक्रबारको उडान हुनेछ ।

यस्तो उडानले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबाट पोखरा आउजाउ गर्न चाहनेहरूका लागि निकै सुविधा पुग्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार