१६ चैत्र २०८०, शुक्रबार

छोराको स्मृतिमा अनाथ महिला तथा बालबालिकालाई सहयोग




धनगढी / धनगढी उपमहानगरपालिका–१ का बासु बम स्वारले आफ्नो छोरोको स्मृतिमा मानसिकरुपमा कमजोर, असहाय, अशक्त तथा अनाथ महिला र बालबालिकाहरुको आश्रयस्थल दृष्टि फाउण्डेशनलाई बुधबार खाद्यान्न तथा लुगाकपडा सहयोग गरेकी छिन् ।

२०५२ साल माघ १२ गते जन्मिएका उनका छोरा दिपेन्द्रको केही वर्षअघि सडक दुर्घटनामा निधन भएको थियो ।

स्वर्गीय दिपेन्द्र जन्मेको दिन पारेर बुधबार दिपु फाउण्डेशनमार्फत विभिन्न सामाजिक, खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएकी संस्थाका अध्यक्ष समेत रहेकी श्रीमती बासुले बुधबार दृष्टि फाउण्डेशनलाई लत्ताकपडा र खाद्यान्न सहयोग गरिन् ।

उनले मानसिक रुपमा कमजोर, असहाय, असक्त महिला तथा नाथ बालबालिकाहरुका लागि स्वीटर, ज्याकेट, सल, फरिया, गाउन, चौबन्दी चोलो, ब्लाउज सहित ८१ थान लुगाकपडा सहयोग प्रदान गरिन् ।

त्यस्तै, करिब १० हजार रुपैयाँ मूल्यबराबरको चाउचाउ, बिस्कुट, खानेतेल, चिउरा, दाल, नुन, लुगाधुने सोडा लगायतका सामग्री प्रदान गरिन् ।

सो अवसरमा दृष्टि फाउण्डेशनका सञ्चालिका कल्पनाले मानसिक रुपमा कमजोर असहाय र अनाथ महिलाहरुका लागि गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार