१३ बैशाख २०८१, बिहीबार

मिश्र बने राष्ट्रियसभा सदस्यको उम्मेदवार




धनगढी /
नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशबाट सो पार्टीका कैलाली जिल्ला विकास समितिका पूर्व सभापति नारायणदत्त मिश्रलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ ।

मिश्र पुरुष तर्फको क्षेत्रबाट उम्मेदवार भएका हुन । मिश्र नेपाली काँग्रेसको प्रदेश सभापतिमा पराजीत रामचन्द्र पौडेल पक्षिय हुन ।

सुदूरपश्चिममा रिक्त तीन राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीवीच गठवन्धन भएको छ ।

काँग्रेस र समाजवादीले उम्मेदवार तय गरे पनि माओवादीले गरेको छैन । माओवादीले दलित क्षेत्रबाट उम्मेदवार बनाउने सहमति छ ।

नेकपा (एकीकृत समाजवादी ) ले सुदूरपश्चिम प्रदेशबाट सो पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मदनकुमारी शाह (गरिमा) लाई महिला क्षेत्रबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाइ सकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार