११ बैशाख २०८१, मंगलवार

पर्यटन पर्वद्धनका लागि साइकल यात्रा



धनगढी / सुदूरपश्चिम प्रदेशको पर्यटन पर्वद्धनका गर्ने उद्देश्यले सुदूरपश्चिम पर्यटन साइकल यात्रा हुने भएको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यनामा पुस ३, ४ र ५ गते सो साइकल यात्रा हुने भएको हो ।

सुदूरपश्चिमको नेचर, कल्चर र एड्भेन्चरलाई प्रोमोट गर्न आयोजना गरिने यात्राको तयारी मन्त्रालय अन्तरगतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाईले थालेको छ ।

ईकाईका निमित्त प्रमुख भोजराज पाठकले यात्रा व्यवस्थापनको तयारी थालिएको बताए । उनले साइकल यात्राका लागि पर्यटनसंग सम्बन्धित सरोकारवाला र रुटमा पर्ने स्थानीय तहहरूसंग समेत समन्वय गरिएको बताए ।

उनले धनगढीबाट यात्रा शुरु गरेर गोदावरीबाट साइकल यात्रीलाई विदाई गरिदने बताए । धनगढीबाट सैयौंको मास सहित साइकल यात्रा शुरु गरिने र गोदावरीबाट प्रोफेसनल साइकल राइडरहरूलाई विदाई गरिने निमित्त प्रमुख पाठकले बताए ।

उनले भारतको उत्तराखण्ड, उत्तर प्रदेश लगायत काठमाडौं, नेपालगञ्ज, विराटनगर, पोखरा लगायतका शहरबाट प्रोफेसन राइडरहरूले सहभागी हुन आवेदन फाराम भरेको बताए । डोटीको बुडरसम्म आयोजना हुने यात्रामा आवश्यक मेडिकल, सुरक्षा, ट्राफिक व्यवस्थापन, गाडी, होटल, व्यानर, प्ले कार्ड लगायतको तयारी भएको छ ।

यात्राको अन्तम तथा तेस्रो दिन बुडरमा साइकल रेस प्रतियोगिता समेत आयोजना गर्ने तयारी भएको छ । निसर्ग अस्पतालको स्पोन्सरसीपमा आयोजना गरिने प्रतियोगिताका विजेताहरूलाई पुरस्कार समेतको व्यवस्था गरिएको छ ।

डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्मको ५ किलोमिटर दुरुमा आयोजना गरिने साइकल रेसका विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार निसर्ग अस्पतालले स्पोन्सर गरेको छ ।

साइकल यात्रामा सहभागीलाई विभिन्न गाउँमा स्वागत गर्नका लागि विभिन्न सांस्कृतिक कार्यक्रम समेत राखिएको छ । निमित्त प्रमुख पाठकले धनगढीमा थारु नृत्य, खानी डाँडामा मगर नृत्य र बुडरमा डोटेली नृत्यद्वारा स्वागत गर्ने तयारी भएको बताए ।

उनका अनुसार साइकल यात्रा पहिलो दिन खानीडाँडा पुगेर बास बस्ने छ भने दोस्रो दिन बुडर पुगेर बास बस्ने छ भने तेस्रो दिन बुडरमा यात्रा समापन गरिने छ । समापन अघि राइडरहरूले बुडरमा प्यारा ग्लाइडिङ्खको समेत मजा लिन पाउने व्यवस्था हुने पाठकले बताए ।

विभिन्न गाउँका साइकल राइडरहरूको सहभागिताले सुदूरपश्चिम प्रदेशको सांस्कृतिक, प्राकृतिक र एड्भेन्चर पर्यटनको प्रचार प्रचार हुने अपेक्षा गरिएको उनले बताए । उनले साइकल यात्रापछि पर्यटकीय क्षेत्रको प्रचार भई पर्यटक आगमनमा समेत टेवा पुग्ने अपेक्षा रिएको उनले बताए । मन्त्रालयले सो यात्राका लागि चार लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार