१४ बैशाख २०८१, शुक्रबार

धनगढीको एयसक्राफ्ट म्युजियम नेपालगञ्ज सारिदै



धनगढी /धनगढीमा रहेको वायुयान संग्रहालय (एयरक्राफ्ट म्यूजियम) सार्न थालिएको छ ।

क्याप्टेन बेद उप्रेतीले लिजमा लिएको जमिनको सम्झौता अवधि सकिएकाले म्यूजियम सारिन लागिएको हो ।

९ वर्षअघि हसनपुरमा स्थापना गरेको एयरक्राफ्ट म्यूजियम विदेशमा खुलेका जहाजसंग सम्बन्धित संग्रहालयहरू भन्दा पृथक थियो ।

तर जग्गा अभावकै कारण सो म्यूजियम नेपालगञ्ज लगिन लागिएको क्याप्टेन बेद उप्रेतीले बताए ।

धनगढीमा अवस्थित म्यूजियमले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार