३ जेष्ठ २०८१, बिहीबार

तेस्रो दिपेन्द्र स्मृति क्रिकेट प्रतियोगिता शुरु



धनगढी / तेस्रो दिपेन्द्र स्वाँर स्मृति क्रिकेट प्रतियोगिता बुधबारदेखि धनगढीमा सुरु भएको छ ।

प्रतियोगिताको बुधबार एक कार्यक्रमबीच कैलाली बहुमुखी क्याम्पस व्यवस्थापन समितिका सदस्य डाक्टर धर्मराज उपाध्यायले उद्घाटन गरे ।
प्रतियोगिता दिपु सोसाइटी, धनगढीको आयोजनामा भइरहेको छ ।

उद्घाटन कार्यक्रममा टेकेन्द्र बहादुर स्वाँर, अजय थापा, प्रेम मल्ल, बिशाल ऐरी, राजेन्द्र श्रेष्ठ, बिराट भट्टराई, रवि रोकाया, मनिष खरेल, निर भण्डारी लगायतको उपस्थिति रहेका थियो ।

कैलाली बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिता आगामी पुस ४ गतेसम्म सञ्चालन हुने छ । उद्घाटन कार्यक्रम दिपु सोसाईटीका अध्यक्ष बासुदेवी स्वाँरको अध्यक्षतामा भएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा केएमसी प्लस टु टिमले बजरंगी क्रिकेट क्लवलाई चार रनले पराजित गर्यो।

टस जीतेर पहिले ब्याटिङ गरेको केएमसीले १४ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर ९६ रन बनायो । केएमसीका ब्याट्सम्यान विवेक गिरीले २८ बलमा ३० रन बनाए ।

बलिङतर्फ शोभित सेवाले तीन विकेट लिए ।

९७ रनको विजयी लक्ष्य पाएको बजरंगी क्रिकेट क्लव १४ दशमलव १ ओभरमा ९३ रनमा अलआउट भयो । बजरंगीका हृदय बिष्टले २२ बनाए ।
बलिङतर्फ केएमसीका मोन्टीले दुई विकेट लिए ।

सो खेलको म्यान अझ द म्याच केएमसीका मोन्टी बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार