७ बैशाख २०८१, शुक्रबार

कैलाली ४ बाट जिल्ला सभापतिका उम्मेदवार वम एक मतले महाधिवेशन प्रतिनिधिमा विजयी



सुरतबहादुर कार्की, रामचन्द्र ओझा पदमराज जोशीको २५७ वरावर मत आएको छ । खुला महाधिवेशन प्रतिनिधिमा १० जना छानिनु पर्नेमा १० नम्वरमा छानिनु पर्नेमा तीन जनाको वरावर मत आएपछि गोलाप्रथाबाट छानिने ।


अत्तरिया / कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति पदका दावेदार प्रकाशवहादुर वम महाधिवेशन प्रतिनिधिमा मुस्किलले विजयी भएका छन् ।

काँग्रेसमा जिल्ला सभापति हुनका लागि महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ ।

वर्तमान उपसभापति रहेका वम एक मतले विजयी भएका हुन । उनको २५८ र उनीसित पराजीत हुनेको मत २५७ छ ।

महाधिवेशन प्रतिनिधिमा विजयी हुनेमा सुनिलकुमार भण्डारी ३०६, विरेन्द्र भटट् ३०१, उत्तमबहादुर कठायत २९०, गोपालबहादुर देउवा २७९, टेकराज जोशी २८७, रामबहादुर कलेल २७०, ध्रुवराज भट्टराई २५८, प्रकाशबहादुर देउवा २६५ र प्रकाशवहादुर वम २५८ विजयी भएका छन् । सुरतबहादुर कार्की, रामचन्द्र ओझा पदमराज जोशीको २५७ वरावर मत आएको छ ।

खुला महाधिवेशन प्रतिनिधिमा १० जना छानिनु पर्नेमा १० नम्वरमा छानिनु पर्नेमा तीन जनाको वरावर मत आएपछि गोलाप्रथाबाट छानिने कैलाली काँग्रेसका प्रचार विभाग प्रमुख नृप सुनारले वताए ।

काँग्रेस सम्वन्धी थप समाचार हेर्नुस

काँग्रेस महाधिवेशन : कैलाली ५ सभापति मनु शाह, मेयर वडदेखि नयाँ पुस्तासम्म चुनावी मैदानमा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार