१२ बैशाख २०८१, बुधबार

काँग्रेस महाधिवेशन : कैलाली ५ सभापति मनु शाह, मेयर वडदेखि नयाँ पुस्तासम्म चुनावी मैदानमा



मंगलबार ११ बजेदेखि शुरु भएको मतदान ५ बजेसम्म हुदै


धनगढी /
नेपाली काँग्रेसको कैलाली क्षेत्र नम्बर ५ मा महाधिवेशन प्रतिनिधिदेखि क्षेत्रीय समितिको सभापति सहितको कार्य समितिसम्म चर्को प्रतिस्पर्धा देखिएको छ ।

१० खुलातर्फको महाधिवेशन प्रतिनिधिका लागि वर्तमान सभापति नरनारायण शाह(मनु), प्रदेश सभा सदस्य डिल्लीराज पन्त धनगढी उपमहानगरपालिकाका नगर मेयर तथा जिल्ला सभापतिका प्रत्यासी नृपबहादुर वड, सभापतिका उम्मेद्धवारहरु गणेशबहादुर देउवा, नारायणदत्त भट्टसहित २९ जना चुनावी मैदानमा छन् ।

यस्तै गरेर वर्तमान सचिव पूर्ण कुँवर, कृष्णबहादुर महरा मनमोहन स्वाँर, हिक्मतबहादुर शाह, रुपबहादुर खड्का, मानबहादुर सिंह पनि खुलातर्फको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार छन् ।

यस्तै नयाँ पुस्ताका क्षितिज भण्डारी, रविन पन्त, वुद्धिजीवि कमलराज जोशी, रविन्द्रप्रताप सिंह, प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाका भतिजा तथा युवानेता प्रकाश देउवा समेत खुलातर्फको महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा छन् ।

आरक्षित र क्षेत्रीय सभापति समेत गरेर कैलाली ५ बाट २६ जना महाधिवेशन प्रतिनिधि छानिने व्यवस्था छ ।

महिलातर्फ चार खुला महाधिवेशन प्रतिनिधिमा १० जना चुनावी मैदानमा छन् । जनजातीको एक महाधिवेशन प्रतिनीधिमा विनय लामा र गौरीकुमारी लामा प्रतिस्पर्धा छ । यस्तै दलित तर्फको एक महाधिवेशन प्रतिनिधिमा प्रदेश सभा सदस्य टेकबहादुर रैका र मनिराम देवल चुनावी मैदानमा छन् ।

यस्तै एक जना क्षेत्रीय सभापतिमा ईश्वरप्रसाद जोशी, भीम पडाल, सन्तोष मुडभरी, हरिप्रसाद रेग्मी र हिरासिंह पातली चुनावी मैदानमा छन् । दुई सचिव र दुई सहसचिवका लागि पनि ७/७ जना चुनावी मैदानमा छन् ।

मंगलबार ११ बजेदेखि शुरु भएको मतदान ५ बजेसम्म हुने चुनावमा ५३८ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार