८ बैशाख २०८१, शनिबार

काँग्रेस महाधिवेशन : कैलाली ५ मा आफ्नो समूहको लिष्ट दुईवटै समूहले बाड्न सकेनन्



पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा पक्षधरहरुले भने सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाका ज्यादै निकट रहेकाहरुलाई हराउने रणनीतिमा


धनगढी / नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि छान्नका लागि भइरहेको कैलाली क्षेत्र नम्बर ५ अन्तरगतको चुनावमा दुईवटै पक्षले आफ्नो समूहको लिष्ट (सूची ) बाड्न सकेनन् ।

वर्तमान जिल्ला सभापति नरनारायण शाह र धनगढी उपमहानगरका मेयर नृपबहादुर वडको एउटा समूह र सभापतिका आकांक्षीहरु नारायण भट्ट, गणेश देउवाको अर्को समूहले अर्को लिष्ट बाड्ने चर्चा चलेको थियो ।

तर मंगलबार ११ बजे शुरु भएको सो निर्वाचनमा दिउँसोको ३ : ४४ बज्दा समेत कुनै पक्षले पनि लिष्ट सार्वजनिक गर्न सकेको छैन । कैलालीका अरु चार क्षेत्रमा केन्द्रीय सभापति शेरबहादुर देउवाका दुई पक्षले दुई ..दुईवटा लिष्ट बनाएका छन् । कैलाली क्षेत्र नम्बर २ मा भने देउवा र देउवा विरोधी कमल शाह पक्षका वीच चुनाव भइरहेको छ ।

कैलाली क्षेत्र नम्बर ५ पनि दुईवटै समूहबाट देउवा पक्षियहरु धेरै आकांक्षी देखिएकोले लिष्ट सार्वजनिक गर्न नसकेको बताइएको छ ।

सभापति शेरबहादुर देउवा र देउवा पत्नी आरजु देउवा राणासंग चिढिएर कार्वाहीमा रहेका पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा पक्षधरहरुले भने सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाका ज्यादै निकट रहेकाहरुलाई हराउने रणनीति लिएको छ ।

स्रोतका अनुसार ओझा पक्षधरहरुको मुख्य निशानामा सभापतिका आकांक्षी नारायण भट्ट र व्यवसायी कृष्णबहादुर महरा लगायतका छन् । ५३८ मतदातामा ७० को हाराहारीमा ओझा पक्षधर रहेको अनुमान छ ।

१० खुला महाधिवेशन प्रतिनिधिका लागि २९ जनाले उम्मेदवारी दिएको निर्वाचनमा झिनो मतले हारजीत हुने भएकोले पुस्कर पक्ष निर्णायक हुन सक्ने बताइन्छ ।

काँग्रेस सम्वन्धी थप समाचार हेर्नुस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार