३ जेष्ठ २०८१, बिहीबार

मुख्यमन्त्री कप : अढाई वर्षपछि पुरस्कार वितरण हुँदै



धनगढी / सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कप प्रतियोगिता भएको अढाई वर्षपछि विजेता खेलाडी तथा टिमले पुरस्कार पाउने भएका छन् ।
२०७५ साल चैत्रमा धनगढीमा मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता भएको थियो । सो प्रतियोगितामा आयोजक सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेको थियो ।

अढाई वर्षसम्म पुरस्कार रकम सामाजिक विकास मन्त्रालय र क्षेत्रीय खेलकुद विकास समितिको संयुक्त बैंक खातामा रहेको थियो ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सिंहले भने– निकै मिहिनेत गरेर बल्ल सो रकम प्राप्त भएको छ ।

उनका अनुसार मुख्यमन्त्री कपमा विजेता खेलाडीहरूलाई उनीहरूले प्राप्त गरेको पदकका अनुसार पुरस्कार वितरण गरिने छ ।

मुख्यमन्त्री कप २०७५ का स्वर्ण पदक विजेतालाई ३५ हजार, रजत पदक प्राप्त खेलाडीलाई २५ हजार र काश्य पदक विजेता खेलाडीलाई १५ हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै समुहगततर्फ विजेता टिमलाई २८ हजार रुपैयाका दरले पुरस्कार प्रदान गरिने छ । भने खेलका प्रशिक्षकहरूले जनही ११ हजार रुपैया प्राप्त गर्नेछन् ।

मुख्यमन्त्री कप २०७५ प्रतियोगितामा आयोजक सुदूरपश्चिम प्रदेशले तीन स्वर्ण, एक रजत र तीन कास्य पदक सहित च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार