१६ चैत्र २०८०, शुक्रबार

पर्यटकीय स्थलहरूमा चहलपहल बढ्यो : कोरोना जोखिमप्रति सावधानी घट्दै




धनगढी / धनगढी उपमहानगरपालिका यादव भण्डारी गत साउनको पहिलो साता डोटीको जोरायल गाउ“पालिका वडा नम्बर २, छतिवनमा रहेको छहरा झर्नामा पुगे ।

शनिबार विदाका दिन उनी सपरिवार सो झर्ना अवलोकनका लागि पुगेका थिए । उनले आफ्नो सामाजिक सञ्जालमा झर्नाको सुन्दर मनमोहक तस्वीर सहित पोष्ट गरेका छन्– छहरा झर्ना डोटीको अवलोकन गरियो ।

धनगढी उपमहानगरपालिकाकै अम्बिका मल्लले कञ्चनपुरको महेन्द्रनगरस्थित छ लेन सडकमा केही साथीहरूले टिकटक बनाएर पोष्ट गरेको देखिन । विदाको मौका छोपेर भीडभाडमै उनी पनि सोही स्थानमा टिकटक बनाउन पुगिन । उनले टिकटक र तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिन्– भाइरल रोडमा ।

कञ्चनपुरकी शिला महराले डोटीको छहरा झर्नामा तीजको गीतमा नाचेको भिडभाडको भिडियो टिकटकमा राखेकी छिन् । उनले पोष्ट गरेको टिकटकमा न कसैले मास्क लगाएका छन्, न त भौतिक दुरी नै कायम गरेका छन् । मास्क लगाएर साथीसंग झर्ना पुग्दा टिकटक बनाउदा उनले पनि मास्क खोलेर बसेकी छिन् ।

धनगढी उमपहानगरपालिका वडा नम्बर १ की कान्छु साउद धनगढीमा गर्मी बढेपछि गोदावरी, खानीडाँडा, छहरा झर्ना लगायतका स्थानमा पुगिन । उनले ती स्थानमा पुगेर तस्बिर र भिडियो बनाएकी छिन् ।

कोरोना संक्रमणको दोश्रो लहरमा केही कमी आएसंगै व्यवसायिक तथा पर्यटकिय क्षेत्रमा चहलपहल बढेको छ । अहिले झर्ना लगायत बिभिन्न पर्यटकिय स्थलहरूमा निकै चहल पहल बढेको छ । कोरोना संक्रमण ओरालो लागेका बेला निशेधाज्ञा खुकुलो गरिए पनि अहिले फेरी संक्रमण उकालो लागेको छ ।

शहरी क्षेत्रमा मास्क नलगाएरै हिडेमा प्रहरीले जरिवाना काट्छ तर यी पर्यटकिय क्षेत्रमा हुने हजारौंको भिड हेर्दा कोरोना टाढैबाट भाग्छ कि लाग्छ ।

डोटीको जोरायल गाउँपालिकामा पर्ने छहरा झर्ना, कञ्चनपुरको महाकाली छेउमा रहेको भाइरल रोड, कैलालीको चिसापानी, कैलालीकै हाडखोली क्षेत्रमा अहिले दैनिक हजारौ मानिसको भिड हुन्छ । तर यो भिडमा माक्सको प्रयोग गर्ने निकै कम भेटिन्छन् ।

डोटीको जोरायल गाउँपालिका बुडर नजिकै पर्ने छहरा झर्नामा रमाउनेहरूको अहिले भिड देख्न सकिन्छ । कैलाली र कञ्चनपुरबाट अधिकासं मानिस यो झर्नामा पुग्ने गरेका छन्् । झर्नामा पुग्ने अधिकांश पर्यटकहरू नुहाएर आउछन् ।

तराई क्षेत्रबाट माक्स लगाएर हिडेका पर्यटकहरू खानिडा“डा नपुग्दै माक्स खल्तिमा हाल्छन् । किनकी त्यहाँ जरिवाना तिर्नुपर्दैन ।
खानिडाँडामा आठ वर्षदेखि होटल ब्यवसाय गर्दै आएका नविन रावतले यहाँ पुग्ने अधिकासं मानिस बिना माक्स नै आउने गरेको बताए ।

अनिवार्य माक्स या सुरक्षा उपाय अपनाउनमा धनगढी महेन्द्रनगर तिर कडाइ होला यता केही हुँदैन त्यहि भएर बिना माक्स हिड्ने गर्छन् उनले भने ‘सबैभन्दा बढी शुक्रबार र शनिबार यहाँ निकै भिडभाड हुन्छ खानिडा“डामा अलि राम्रो सेवा दिने होटेलले एक लाख देखी डेढ लाखसम्मको कम्तिमा पनि कारोबार गर्छन् यसरी मानिसहरू आएपनि सुरक्षाका कुनै उपाय अपनाइएको पाइदैन ।

‘बिहानै बुडर झर्ना जाने र अनि फर्केर यहाँ बस्ने गर्छन् उनले भने ‘पर्यटकिय क्षेत्रको बिकास भए व्यवसाय पनि फस्टाउ“छन्् तर सबैले यस्तो बेला सतर्कता अपनाए हामी सुरक्षित हुन्थ्यौ ।
बुडरको छहरा झर्नामा बिदाको दिन पारी बढिजसो पर्यटकहरू पुग्ने गर्दछन् । बिदाको दिनमा १० हजारसम्म पर्यटक पुग्ने गरेको जनाइएको छ । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बिदाको दिनमा त ५ देखी १० हजारसम्म पर्यटक पुग्ने गरेको बताए ।

बिस्तारै यसको विकास र प्रचार प्रसार भइरहेको छ ओझाले भने झर्नासम्म पुग्ने बाटो बनाएका छौ । अन्य कामका लागी डिपिआर बनाइरहेका छौ । उनले भीडभाड बढेको स्वीकार गरे ।

‘मानिसको चाप बढ्दा यहाँको व्यवसाय पनि बृद्धी भएको छ उनले भने तर कहिले काही व्यवस्थापनमा चुनौती थपिन्छ र भीडभाडले संक्रमणको पनि जोखिम बढेकाले यसको व्यवस्थापनका लागि छलफल गरिरहेका छौ छिट्टै निर्णय हुन्छ ।’

डोटीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले झर्नामा भीडभाड बढेको र सतर्कता अपनाउनका लागी जोरायल गाउँपालिकालाई निर्देशन दिइसकेको बताइन् । जिल्ला प्रशासन कार्यालय भन्दापनि स्थानिय तहले हो यो व्यवस्थापन गर्ने जोशीले भनिन् ‘हामीले गाउँपालिका अध्यक्ष ज्युलाई भिडभाड नहुने गरी झर्नामा पर्यटक भित्र्याउने गरी काम गर्नुस भनिसकेका छौ त्यो केही दिनबाटै कार्यान्वयन हुन्छ होला ।

पुलिसले लाठी हानेपछि मात्रै पत्र आफ्नो स्वास्थ्यकै ख्याल नगर्ने हाम्रो संस्कृति नै बसिसकेको छ जोशीले भनिन् ‘तर आफै कोही पनि सचेत भएको पाइएन त्यही भएर गुनासो आएपछि हामीले भनिसकेका छौ ।

एक पटकमा १० जना मात्रै जान पाउने या एक टिम मात्रै जान पाउने कसरी हुन्छ कम भन्दा कम भिड गराउने गरी गाउँपालिका र सम्बन्धित सुरक्षा निकायले काम गर्ने छन् ।

प्रहरी परिचालन छ नपुगे फेरी खटाउँछौः सुरक्षा अधिकारी
डोटीको छहरा झर्नामात्र कैलालीको खानीडाँडा, घोडाघोडी ताल, कर्णाली पुल लगायत र कञ्चनपुरको छ लेन सडक लगायतका विभिन्न पर्यटकीय स्थलमा पनि आन्तरिक पर्यटकहरूको भीडभाड बढेको छ । पर्यटकीय स्थलमा पुग्दा मुखमा मास्कको प्रयोग नगर्दा संक्रमणको जोखिम बढेको छ ।

कैलाली जिल्ला प्रशासन कार्यालयले मास्क प्रयोग नगरेका व्यक्तिबाट सय रुपैया जरिवाना असुल गर्ने निर्णय गरेको भए पनि पर्यटकीय स्थलहरूमा सुरक्षाकर्मीको उपस्थिती नहुदा समस्या भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले कोरोनाबाट बचाउनकै लागि कैलालीमा पनि प्रहरीले तपाइको माक्स खै अभियान ल्याएको बताए । हामीले बाटो बाटोमा चेकजाँच गरेर मास्क नलगाउनेलाई जरिवाना समेत गर्ने गरेका छौ प्रमुख जिल्ला अधिकारी रिजालले भने ‘प्रहरी नपुगेको ठाउँमा सुरक्षाका मापदण्ड न अपनाएको होलान चिसापानी पुल, हाटखोली क्षेत्रमापनि अब प्रहरी परिचालन गछौ ।

कञ्चनपुर प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कञ्चनपुरको महेन्द्रनगरको छ लेन सडक लगायत पर्यटकिय स्थलहरूमा भीडभाड बढेको बताए । उनले भने – भीडभाड नबढाउने आदेश दिएका छौं । सुरक्षा निकाय समेत पुगेर त्यस्ता ठाउँमा स्वास्थ्य मापदण्डको पालना गराउने, मास्क अनिवार्य प्रयोग गराउने, क्षमताभन्दा बढी मानिसलाई प्रवेश गर्न नदिने लगायतका कार्य गरिरहेका छौं ।

उनले सामान्य अनुरोधका भरमा अहिले कुनै पनि स्थलमा पालना नभइरहेको बताए । उनले भने –हामीले संक्रमणका दरका आधारमा निर्णय गर्ने हो । अहिले जिल्लामा संक्रमितको संख्या कम छ ।

केही जिल्लामा संक्रमण दर बढेको पनि देखिएको छ । उनले संघिय सरकारको कोभिड १९ जोखिम नियन्त्रण, व्यवस्थापन तथा रोकथाम समितिले थप निर्णय लग्नुपर्ने बताए ।

पर्यटकीय स्थलको पहिचान गराउदै सामाजिक सञ्जाल
डोटीको जोरायल गाउ“पालिका–२ छतिवनमा रहेको झर्ना केही वर्ष अघिसम्म खासै चहलपहल हुन्थेन । तराईमा गमी बढे यहाँका मानिस गर्मीछल्न खानीडाँडा, गोदावरी, कर्णाली र आसपासका नदीमा जान्थे ।

सामाजिक सञ्जालमा सो छहरामा खिचिएका तस्बिर धमाधम देखिन थालेपछि पछिल्लो समय सोही छहरामा टिकटक तथा फेसबुकमा फोटो राख्न भएपनि मानिसहरू जान लागेका छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित हार्टखोली नदीको नाम तीन वर्षअघिसम्म तराईका बासिन्दालाई थाहा थिएन । तीन वर्ष यता भने तराईमा गर्मी बढे सो नदी पनि स्थानीयको रोजाईमा पुगेको छ ।

धनगढी–स्याउले–दिपायल सडकखण्ड अन्र्तगत पर्ने सो नदीमा अहिले नुहाउनकै लागि भएपनि कैलाली र कञ्चनपुरका तराई क्षेत्रका मानिस गइरहेका छन् ।
कोभिड १९ रोकथाम तथा व्यवस्थापनका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो भएसंगै यी क्षेत्रमा आन्तरिक पर्यटकहरू गइरहेका छन् ।

कस्तो छ छहरा झर्ना
माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जंगल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज । यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झर्ना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय ती झर्ना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।

हिजोआज यो झर्नामा जिल्लाभित्रकै मात्रै नभएर अहिले रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउन थालेको स्थानीयबासीहरू बताउछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार