९ चैत्र २०८१, आईतवार

धनगढीको क्याम्पस टोल सहित ३ स्थान सील



धनगढी । कैलालीको धनगढी उपमहानगरपलिका वडा नम्बर १८को क्याम्पस टोल सील गरिएको छ । टोलमा कोरोना संक्रमण फैलिएको भन्दै धनगढी उममहानगरपलिका १८ नम्बर वडा कार्य समितिकोले सो टोल सील गर्ने निर्णय गरिएको हो ।

हिजो मंगलवार सोही टोलमा घर भएका एक क्षिक्षाकको कोरोना संक्रमणवाट मृत्यु भएको थियो भने मृतककै घरका ४ जनामा पनि कोरना संक्रमण भएको छ । यस्तै वडा नम्बर १८ एफ गाँउमा २ जना संक्रमति भएका एक घर र साहीे वडाका हाल ‘बि’ गाउँमा घर भएका २ जना संक्रमित भएको एक घरमा पनि सील गरीएको छ । योसंगै धनगढी उपमहानगरपलिका १८ मा मात्रै १४ जना कोरोना संक्रमित भएको बताईएको छ ।

सील गरिएका टोलवासीलाई अवात जावतमा रोक लागाईएको वडा नम्बर १८का वडा अध्यक्ष मुरारी अधिकारीले बताए । संक्रमित भेटिएका टोलबासीहरुको स्वाब संकलन गरी परिक्षण गरीने समेत वडा अध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार