मालिका अक्सिजन ग्यास उद्योगबाट अब प्रशासनले ग्यास वितरण गर्ने
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2021/05/179657377_616088326014414_8979175117549301138_n.jpg?resize=720%2C541)
धनगढी । धनगढी स्थित मालिका अक्सिजन ग्यास उद्योगबाट अब प्रशासनले ग्यास वितरण गर्ने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त अनुगमन टोलीले उक्त निर्णय गरेको हो ।
ग्यास उद्योगलाई सर्बसाधरण र अस्पतालमा अक्सिजन वितरण गर्न समस्या भएपछि प्रशासनले आफै वितरण गर्ने बताएको हो ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीको नेतृत्वमा वाणिज्य कार्यालयका प्रमुख, जनपथ र सशस्त्र प्रहरीका प्रमुख, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रिका प्रमुख स्वकीय सचिव हितेस ओझाको सहभागिता रहेको थियो ।