१३ बैशाख २०८१, बिहीबार

होटल व्यवसायी कपिलवस्तु टोलीलाई स्वागत



धनगढी । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलबस्तुको भ्रमण टोलीलाई होटल व्यवसायी संघ कैलालीले स्वागत गरेको छ ।

‘धार्मिक, पूरातात्विक र पर्यटकीय स्थलले भरिपूर्ण कपिलबस्तुको पहिचान पर्यटन प्रवद्र्धन र विकासका लागि महाकाली हाम्रो अभियान’ भन्ने नाराका सहित धनगढी पुगको टोलीलाई कैलाली अध्यक्ष कलमबहादुर बलमे खादा ओढाएर स्वागत गरेका हुन ।

साथै टोलीले कैलालीका होटल व्यवसायीहरुसंग अन्र्तक्रिया तथा छलफल गरेको थियो । कपिलबस्तुका अध्यक्ष गोपालबहादुर खत्रीले अहिलेको वर्तमान समयमा आन्तरिक पर्यटननै दिगो पर्यटन भएकोले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकार र नीजि क्षेत्र बिच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए । उनले कपिलबस्तु क्षेत्रमा थुप्रै धार्मिक, पुरातात्विक पर्यटकिय स्थल रहेकाले सम्पूर्ण सुदूरपश्चिमबासीलाई भ्रमणको लागि आग्रह र निमन्त्रणा गरेका थिए ।

कर्यक्रममा होटल व्यवसायी संघ कैलालीका पदाधिकारीहरु तथा सदस्यहरुको सहभागिता रहेको थियो । कपिलबस्तुको टोलीमा अध्यक्ष लगायत पदाधिकारी तथा सदस्य र पत्रकारहरुसहितको १७ जना उपस्थित रहेका थिए ।

होटल व्यवसायी संघ कैलालीका महासचिव केशवदत्त पाण्डेय कार्यक्रमको सञ्चालन गरेका थिए । साथै दुबै टोलीले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पुगि प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भोजराज पाठकलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार