२३ बैशाख २०८१, आईतवार

तेक्वान्दो विकास समितिमा विनय



धनगढी / धनगढी उपमहानगरपालिका तेक्वान्दो विकास समितिका अध्यक्षमा विनय चोखाल चयन भएका छन् ।

बिहीबार भएको भेलाले विनयको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

समितिका उपाध्यक्षमा धनबहादुर, मकश अहमद, सचिवमा योगेन्द्र खोलौला, कोषाध्यक्षमा सुजिता यादव चयन भएका छन् । यसैगरी, समितिका सदस्यहरुमा सुरेन्द्र राठी, अन्जित सैजु, मेघा थापा, महेशराज जोशी, प्रतीक जोशी र मणिकुमार सिंह रहेका छन् ।

भेलामा सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवास शाही, उपमहानगरपालिका तेक्वान्दो विकास समितिका संयोजक सरोज चौधरी, धनगढी उपमहानगरपालिकाका खेलकुद संयोजक दीपककुमार थापा, तेक्वान्दो प्रशिक्षण गोविन्द विष्ट, शेरबहादुर सिंह, देवराज चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार