१४ बैशाख २०८१, शुक्रबार

बेहडाबाबा प्रवेशद्वारको उद्घाटन




धनगढी / धनगढी उपमहानगरपालिकाको एक प्रमुख धार्मिक पर्यटकीयस्थल बेहडाबाबाको प्रमुख प्रवेशद्वार उद्घाटन गरिएको छ ।

महाशिवरात्री पर्वका अवसरमा बिहीबार अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगाना र धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले संयुक्त रुपमा प्रवेशबेहडाबाबा प्रवेशद्वारको उद्घाटन गरे ।

सो अवसरमा अर्थ मन्त्रालयका सचिव ढुंगानाले बेहडाबाबा धामको विकासका लागि स्थानीय सरकारले गरिरहेको काम सराह्रनीय रहेको चर्चा गरे ।

कार्यक्रममा नगर प्रमुख वडले उपमहानगरपालिकाले तयार गरेको गुरुयोजना अनुसार बेहडाबाबा धाममा पूर्वाधार विकासको काम जारी रहेको बताए ।

उपमहानगरपालिकाको गुरुयोजना अनुसार बेहडाबाबामा दर्शनार्थी श्रद्धालु भक्तजनहरुका लागि सुविधासम्पन्न धर्मशाला निर्माण भैरहेको छ ।

त्यस्तै मन्दिरको सुरक्षाका लागि करिब चार करोड रुपैयाको लागतमा चारैतिर पर्खाल निर्माण कार्य भइरहेको नगर प्रमुख वडले बताए ।

त्यस्तै, मन्दिरबाट गंगामाता मन्दिरसम्म पुग्ने छोटो बाटो निर्माण भैरहेको छ भने मन्दिर परिसरको खालि भागमा बगैचा निर्माण भइसकेको छ ।

नगर प्रमुख वडले बेहडाबाबा मन्दिर बरिपरि चक्रपथ निर्माणको कार्य पुरा भइसकेको र खानेपानी तथा सौचालय निर्माणको काम पनि पुरा भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार