२३ बैशाख २०८१, आईतवार

जाउँ है पोखरा अभियान



धनगढी ।‘जाउँ है पोखरा’ अभियान लिएर देश डौदाहामा निस्किएको मध्यमाञ्चल होटल संघ पोखराले सुदूरपश्चिम प्रदेशबाट पोखरामा पर्यटक भित्र्याउन पहल थालेको छ ।

सुदूरपश्चिम प्रदेशको धनगढी, महेन्द्रनगर लगायतका शहरमा रहेका होटल तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा प्रदेशमा रहेका भ्रमण गर्न इच्ुछक र सुदूरपश्चिममा आएका भारतीय पर्यटकलाई पोखरा भित्र्याउने पहल थालेको जनाइएको छ ।

‘जाउँ है पोखरा’ अभियान अन्तरगत होटल संघ पोखराले शनिबार धनगढीमा होटल तथा पर्यटन व्यवसायीहरूसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बाह्य पर्यटक आउन नसक्ने यो घडीमा पर्यटन व्यवसायको पुनरुत्थान गर्न एक आपसमा पर्यटक एक्सचेन्ज गर्न आवश्यक रहेको बताए । ‘देशका सबै जिल्लामा पर्यटन गन्तव्यहरू छन्,’ उनले भने, ‘कोभिड–१९ का कारण बाह्य पर्यटकहरू आउन सकिरहेका छन्् । स्वास्थ्य सुरक्षा अपनाउ“दै सञ्चालन गरिएका होटल तथा पर्यटन व्यवसायले गति लिन सकिरहेको छैन । यो बेला एक जिल्लाले अर्को जिल्लासंग पर्यटक एक्सचेन्ज गर्न अतिआवश्यक छ । आन्तरिक पर्यटनबाट नै अबका दिनमा होटल र पर्यटन व्यवसाय उठ्न सक्छ ।’

अध्यक्ष तुलाचनले पर्यटकलाई प्याकेज मात्रै दिएर नपुग्ने बताउँदै सबैको प्रयासमा पर्यटकको बसाई आफ्नो ठाउ“मा लम्याउनका लागि योजना आवश्यक पर्ने बताए । उनले पोखरामा रहेका पर्यटकलाई सुदूरपश्चिम पठाउन र सुदूरपश्चिममा रहेका पर्यटकलाई पोखरा ल्याउन दुबै ठाउ“का होटल तथा पर्यटन व्यवसायीको महत्वपूर्ण सहकार्य हुनुपर्ने बताए । उनले पर्यटकको सहज यात्राका लागि धनगढी–पोखरा हवाई सेवाका लागि समेत आफूहरूले पहल गरिरहेको बताए ।

आन्तरिक पर्यटन पुनरुत्थान समिति सुदूरपश्चिम प्रदेशका संयोजक मायाप्रकाश भट्टले पोखराले सुदूरपश्चिममा पर्यटक पठाउने ग्यारेन्टी दिए आफूहरूले पनि यहा“बाट पर्यटक पोखरा पठाउन तयार रहेको बताए । ‘हाम्रोबाट जहाज भरिएर जाने र उताबाट खाली आउने प¥यो भने सहकार्य गर्न सहज हु“दैन,’ उनले भने, ‘उताबाट पनि जहाज भरिएर पर्यटकहरू यहा“ आउने ग्यारेन्टी दिन पोखराले सक्यो भने हामी पठाउन तयार छौं । दुई तर्फ सहयोगले आन्तरिक पर्यटनलाई बृद्धि गर्छ र टिकाउ पनि हुन्छ ।’

व्यवसायी गोपाल हमालले पर्यटन गतिविधि बढाउन दुईतर्फी फाइदा र सहयोग भएमा कोरोनाका कारण धरमराएको पर्यटन व्यवसाय छिट्टै उठ्न सक्ने बताए । उनले पनि पर्यटक एक्सचेन्जका लागि पोखरा–धनगढी फ्लाईट हुन आवश्यक रहेको बताए । उनले सुदूरपश्चिमको डिल्ली, उत्तराखण्ड, उत्तरप्रदेशबाट भारतीय पर्यटक आउने गरेको बताउ“दै उनीहरूलाई पोखरासम्म जान र फर्किन हवाई सेवाले सहज बनाउने बताए ।

होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले कोरोनाको कहर कम हु“दै जा“दा होटल व्यवसाय खुले पनि नाकामा सहज आवागमन खुला हुन नसकेकाले पर्यटक आउने वातावरण अझै नबनेको बताए । उनले विदेशी पर्यटक शुन्य भएको बेला आन्तरिक पर्यटकको मोभिलिटीले पर्यटन व्यवसायलाई चलायमान बनाउन एक ठाउँले अर्को ठाउँलाई सहयोग गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार