७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीले सुदूरपश्चिमको विकासका लागि स्रोत दिएनन् : मुख्यमन्त्री भट्ट



धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

धनगढीमा आयोजित नेकपाको प्रचण्ड माधव पक्षको सभालाई सम्वोधन गर्दे उनले संघीयता विरोधी भएकैले प्रदेश सरकारलाई पर्याप्त स्रोत नदिएको बताए ।

उनले भने पश्चिम सेती जस्ता आयोजना बनाउन कुनै भूमिका नखेलेर सुदूरपश्चिमको विकासमा प्रधानमन्त्री ओली बाधक बनेको दावी गरे ।

उनले सुदूपश्चिम प्रदेश प्रतिगमनका विरुद्ध रहने बताउदै ओलीले पार्टीको विधी, नीति र अघिल्लो चुनावको घोषणापत्र उलंघन गरेर समस्या आएको बताए ।

प्रतिनीधि सभा विगठन गर्ने अनि सुदूरपश्चिमबाट मन्त्री धेरै बनाए भन्ने त्यो कदम सुदूपश्चिम फुटाउनका लागि मात्र हो उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार