७ बैशाख २०८१, शुक्रबार

भिजिट खप्तड हेलिटूर शुरु



धनगढी । सुदूरपश्चिमकै प्रख्यात पर्यटकीय तथा धार्मिक क्षेत्र खप्तडमा आन्तरिक पर्यटन प्रबद्र्धनका लागि बुधबारदेखि भिजिट खप्तड हेली टूर अभियान शुरु भएको छ ।

खप्तड होमस्टेको आयोजनामा पहिलो चरणमा पा“च दिनसम्म संचालन हुने खप्तड हेलिकप्टर उडानको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग, बन तथा बातावरण मन्त्री माया भट्टको उपस्थितिमा शुरु भएको हो ।
खप्तड होमस्टेले हेलिकोप्टरमा खप्तड यात्रा गर्न ईच्छुक व्यक्तिहरुका लागि बिभिन्न दरका प्याकेज संचालनमा ल्याएको होमस्टेका प्रबन्ध निर्देशक दीपक खड्काले बताए ।

उनले हेलिकोप्टरको उडानले खप्तडको प्रचार प्रसार र पर्यटन प्रबद्र्धनमा ठूलो योगदान पुग्ने बताए ।

सुदूरपश्चिमका चार वटा जिल्ला डोटी, अछाम, बझाङ र बाजुरालाई जोड्ने खप्तड धार्मिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ । खप्तडलाई भूस्वर्गका रुपमा पनि चर्चा गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार