१४ बैशाख २०८१, शुक्रबार

खप्तड अवलोकनका लागि हेलिकोप्टर सेवा शुरु



धनगढी । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तड क्षेत्रमा हेलिकोप्टर मार्फत घुम्नका लागि बुकिङ खुल्ला भएको छ ।

सुदूरपश्चिमको राजधानी धनगढी, साविक क्षेत्रीय सदरमुकाम दिपायल र डोटीको झिग्रानाबाट हेलिकोप्टर मार्फत हिउँले ढाकिएको खप्तड घुम्नका लागि प्याकेज सहितको बुकिङ खुल्ला भएको हो ।

माउण्टेन एयरसंग सहकार्य गर्दै खप्तड घुम्नका लागि ल्याईएको प्याकेज अनुसार हिउँमा हेलिकप्टर मार्फत यात्रा गर्न बुकिङ सुरु गरेको धनगढीका पर्यटन व्यवसायी दिपक बमले जानकारी दिए । उनले साढे २१ हजारमा धनगढी हुदैं आवासको सुविधाको साथमा खप्तड घुम्न पाईनेछ । पर्यटन प्रवद्र्धनका लागि ल्याईएको प्याकेजका लागि बुकिङ सुरु भएसँगै घुम्न जानका लागि नामहरू समेत दर्ता हुन थालेको पर्यटन व्यवसायी बमले बताए ।

धनगढी पर्यटन व्यवसायी बमसँगै खप्तड होमस्टे झिङग्रानाका सञ्चालक तथा पर्यटन व्यवसायी दीपक बहादुर खड्काले हेलिकप्टर टुरका लागि बुकिङ गरिरहेका छन् । माघ १४ गतेदेखि माघ १८ गतेसम्म ५ दिनका लागि दिपायल डोटीमा हेली बेस रहने गरी खप्तड घुमाईने छ । त्यसका लागि खड्काले माउन्टेन हेलिकप्टर प्रालिका जनरल म्यानेजर दिलबहादुर वली र मार्केटिङ म्यानेजर सन्दिप भण्डारीसंग शनिबार दिपायलमा छलफल समेत गरेका छन् । त्यही छलफलपछि बुकिङ खुल्ला गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार