१४ बैशाख २०८१, शुक्रबार

कस्याटाकुरी दृश्यावलोकन केन्द्र बन्दै



डडेल्धुरा । डडेल्धुराकै सबैभन्दा अग्लो डाँडोका रुपमा रहेका कस्याटाकुरीलाई दृश्यावलोकन केन्द्रका रुपमा विकास गरिने भएको छ । सदरमुकाम खलंगादेखि १२ किलोमिटर उत्तरतर्फ र महाकाली राजमार्गबाट करिब १५ मिनेटको पैदलयात्रामा सो ठाउ“मा पुग्न सकिन्छ ।

करिब सात हजार फिट उचाइको कस्याटाकुरीबाट डडेल्धुरा सदरमुकाम, नवदुर्गा, गन्यापधुरा र अजयमेरु गउ“पालिकाका विभिन्न क्षेत्रका साथै महाभारत पर्वत शृंखला तथा डोटी, बझाङ, अछाम, बैतडी जिल्ला र भारतीय भू–भाग अवलोकन गर्न सकिने भएको हु“दा अमरगढी नगरपालिकाले सो टाकुरीमा पर्यटन पूर्वाधारका संरचना निर्माण गर्ने काम अगाडि बढाएको छ ।

डोटेली राज्यका इतिहासकार भोजराज भट्टराइले सो टाकुरीमा २५ वर्ष अघिसम्म ढुंगाको मन्दिर रहेको बताए । साथै त्यहाँ केही खाना पकाउने भाँडाकुँडासमेत रहेको अमरगढी नगरपालिका–७ का वडाध्यक्ष खड्गबहादुर बोहराले बताए ।

स्याटाकुरी पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले अमरगढी नगरपालिकाले रु ७२ लाखको बोलपत्र आह्वान गरी पूर्वाधार निर्माणको काम शुरु गरेको नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । उनले भने, ‘टाकुरीसम्म पुग्ने पैदलमार्ग, टाकुरीमा मन्दिर निर्माण र विभिन्न क्षेत्रको दृश्य हेर्नका लागि दुरर्बिन राख्छौं, साथै वनभोजस्थलका रुपमा विकास गर्ने गरी विभिन्न संरचना निर्माणको काम अगाडि बढाइनेछ ।’

टाकुरीसम्म पुग्ने पैदलमार्गका बीचबीचमा पर्यटकका लागि विश्रामस्थल र सुरक्षाका लागि टाकुरीको चारैतिरबाट रेलिङ लगाउने काम भइरहेको छ । टाकुरी उत्खन्न गर्दा प्राचीनकालीन ओखल (धान कुट्न बनाइएको ढुंगा) र मन्दिरको घण्टीलगायतका सामग्री भेटिएका छन्् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार