२३ बैशाख २०८१, आईतवार

भर्चुअल कार्यक्रममा सिमित भयो– विश्व पर्यटन दिवस



धनगढी । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे । योजना सुनाउने र बनाउने काम हुन्थे । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास अझैं कम भएको छैन । प्रविधिको प्रयोगमार्फत् हुने कार्यक्रमबाहेक सुदूरपश्चिम प्रदेशमा कुनै पनि कार्यक्रम भएका छैनन् ।

पर्यटनका दृष्टिले भरपुर सम्भावना बोकेको प्रदेश हो, सुदूरपश्चिम प्रदेश । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० बाट सुदूरपश्चिम प्रदेशले पनि निकै अपेक्षा गरेको थियो । तर, सन् २०२० शुरु नहुदै कोरोना भाइरसको महामारी फैलियो । विश्व पर्यटन दिवसका अवसरमा सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रस“ग सम्बन्धित कोही कसैले पनि औपचारिक कार्यक्रम गरेनन् ।
‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका तय गरिएको ४१ औं विश्व पर्यटन दिवसको अवसरमा भर्चुअल छलफल कार्यक्रम गरिएको थियो । नेपाल टुर्स एण्ड ट्राभल्स एशोसियसन (नाटा) सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा गरिएको सो कार्यक्रममा सात वटै प्रदेशका पर्यटन व्यवसायी, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका पदाधिकारी, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
नाटाका केन्द्रिय अध्यक्ष अच्युत गुरागाईंले कोभिड १९ का कारण सबैभन्दा बढी असर पर्यटन व्यवसायीहले व्यहोर्नु परेको गुनासो गरे । उनले भने– पर्यटन व्यवसाय धरासय बन्दै गएकोले राज्यले केही सहुलियतका कार्यक्रम ल्याउनुपर्ने मागमा छलफल भइरहेको छ ।
अध्यक्ष गरागाईंले पर्यटन व्यवसायबाटै नेपालमा प्रचुर मात्रामा रोजगारी सिर्जना गर्न सकिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सात वटै प्रदेशका नाटा अध्यक्ष, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन विकास शाखा प्रमुख भोजराज पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नाटा सुदूरपश्चिमका अध्यक्ष माया प्रकाश भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव पदमविक्रम सिंहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार