२३ बैशाख २०८१, आईतवार

शिवपुरीमा मिनी चिडियाखाना



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरी सामुदायिक वनमा मिनि जु (चिडियाखाना) स्थापना गरिएको छ ।

सो चिडियाखानालाई घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्र नामाकरण गरिएको छ ।
केन्द्रमा सोमबार अजिंगरको बच्चा राखिएको छ । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले अजिंगरको पिँजडामा अजिंगर सर्पको बच्चा राखे । सो केन्द्रमा यसअघि एउटा रतुवा र एउटा चित्तल राखिएको छ ।
नगर प्रमुख वडले केन्द्रमा घाइते तथा टुहुरा बन्यजन्तुको उपचार र संरक्षण गरिने र दर्शकका लागि खुला गरिने बताए । उनले भने– शिवपुरी धाममा पर्यटक भित्राउनका लागि त्यस नजिकै मिनि जु स्थापना गरेका छौं ।
अजिंगरको बच्चा राख्ने कार्यक्रममा सवडिभिजन बन कार्यालय धनगढीका प्रमुख रामअवतार चौधरी, शिवपुरी सामुदायिक बनका अध्यक्ष बुद्धिबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार