६ बैशाख २०८१, बिहीबार

गौमुलमा इटालियन स्याउ फल्यो



बाजुराको गौमुल गाउँपालिकाको –१ अन्द्रारीमा फलेको इटालियन स्याउ । तस्बिर शेरबहादुर सार्की



बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा नयाँ जातको स्याउ फल्न थालेको छन् ।

२०७५ सालको चैतमा एग्रोमनाङ्गबाट फुजी, गाला र गोल्डेन जातको ५०० बोट ल्याएर गौमुल‐ १ को बिन्द्रा वन समूहमार्फत अन्द्रारीमा स्याउ खेती सुरुवात गरिएको थियो ।
लगाएको एक वर्षमै स्याउ फल्न थालेपछि अहिले त्यहाँका स्थानीय निकै खुसी भएका छन् ।

इटाली र साइव्रेरियामा उत्पादन हुँदै आएको यो स्याउँ एक रुखमा लगाएको पहिलो वर्षमा तीन केजी त्यसपछि क्रमश ५÷६ हुँदै ४५ केजीसम्म फल्ने कृषि विज्ञको भनाइ छ ।

बाजुरामा पहिलोे वर्ष तीन केजी र अहिले एक बोटमा झण्डै पाँच केजी भन्दाबढी स्याउ फलेको गौमुल गाउँपालिकाको कृषि विकास शाखा प्रमुख रमेशराज विकले बताए ।

नयाँ जातको स्याउ राम्रो फल्छ भन्ने थाहा पायौ यसको खेती गर्दा गौमुलका स्थानीयको आयआर्जनमा निकै टेवा पुग्ने ठानेर त्यसको व्यवसायिककरण गरिएको गाउँपालिकाका अध्यक्ष हरि रोकायाले बताए ।

अध्यक्ष रोकायाले अहिले स्याउ लगाउने काम परीक्षणमै रहेको बताउदै पहिलो चरणको स्याउ राम्रो भएपछि आफूहरु उत्साहित भएको बताए । गत वर्ष वडा नम्बर १, ४ र ६ मा थप ८०० वोट लगाइएको छ उनले भने राम्रो भएपछि गाउँपालिकाका ६ वटै वडामा स्याउ खेती विस्तार गरिने छ ।

गाउँपालिकाले खरिद ढुवानी गरेर प्रतिवोट स्याउको १५ रुपैयाँ आफैले तिरेर कृषक समूहलाई वितरण गर्ने गरेको छ । ती बोटहरु इटालीबाट खरिद गर्ने गरिएको अध्यक्ष रोकायाले बताए । गौमुल गाउँपालिको कृषि विकास शाखाले किसानहरुलाई कृषि सेवा पनि दिने गरेको छ ।

बुढीनन्दा नगरपालिकामा फल्दै आएको स्याउ साँउनबाट फल्न सुरु गरेर अषोज कात्तिकसम्म मात्र रहन्छ भने गौमुलमा लगाइएको इटालियन स्याउ साउनबाट फल्न सुरु गरेर पुसको अन्तिमसम्म रहन्छ शाखा प्रमुख विकले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार