३१ जेष्ठ २०८३, आइतबार

सुदूरपश्चिममा आज भारी वर्षाको सम्भावना



धनगढी । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभावका कारण थोरै  स्थानहरुमा हल्का वर्षा भईरहेको छ। साथै नेपालको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेको छ।

महाशाखाका अनुसार आज दिनभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

राती देशभर सामान्य बदली रही केही  स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का  एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार