१० श्रावण २०८१, बिहीबार

हस्ताक्षर मुख्यमन्त्रीलाई होइन प्रदेश प्रमुखलाई बुझाउने छौ



– बजेट समयमै कार्यान्वयन भएन भने अव हस्ताक्षर मुख्यमन्त्रीलाई होइन सिधै प्रदेश प्रमुखलाई बुझाउने छौ सरकारलाई यो हाम्रो चुनौती हो । त्यतिबेला हामी मुख्यमन्त्रीलाई बोद्धार्थ मात्रै दिने छौ ।

– प्रतिपक्षले हामीलाई सरकारको विरोध गर्न दिएन । प्रतिपक्ष बजेटमा दंग छ उहाँहरुको ठूला योजना यो बजेटमा समेटिएका छन् प्रतिपक्ष अर्थमन्त्रीको आलोचना नहोस भनेर संसद अवरुद्ध गरिरहेको छ ।

– कानून विधि र प्रक्रियाले भ्रष्टाचार रोकिन्छ । २० औ वर्षपछि भ्रष्टाचारीलाई कार्वाही हुन्छ । संसदमा नारा लगाएर भ्रष्टाचार रोकिदैन । नेकपाले भ्रष्टाचारीलाई कार्वाही गर्छ ।

कानून विधि र प्रक्रियाले भ्रष्टाचार रोकिन्छ । २० औ वर्षपछि भ्रष्टाचारीलाई कार्वाही हुन्छ । संसदमा नारा लगाएर भ्रष्टाचार रोकिदैन । नेकपाले भ्रष्टाचारीलाई कार्वाही गर्छ ।

असार १ गते जनताका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्व ३७ करोड ५८ लाख २६ हजारको बजेट ल्यायो ।
यो बजेट सरकारको मात्रै होइन सुदूरपश्चिमबासीको हो । त्यसैले छलफल अवरुद्ध गरिनु हुदैन । जनताका लागि ल्याइएको बजेट भएकोले छलफल हुन नदिनु जनताको काममा बाधा पुगाउनु हो ।

बजेटमा प्रतिपक्षको कुनै विरोेध देखिदैन, हामीले सुनेका छैनौ । त्यसैले उत्कृष्ट बजेट हो भन्ने बुझ्नुपर्छ र सर्वसम्मतरुपमा यो बजेट पास गर्नुपर्छ । आजै पास गर्नुपर्छ ।

प्रतिपक्ष यो बजेटबाट निक्कै खुसी भएकोले होला बजेटमा टिप्पणी नगरेर कोरोनाको हिसाव मागिरहेको छ । कोरोना अहिले सकिएको छैन् । कोरोना सकिएपछि त्यसको हिसाव माग्नु होला ।

यस प्रदेशका जनताको भावना अनुसार स्वास्थ्यलाई पहिलो प्राथमिकत दिएर बजेट आएको छ । त्यसपछि कृषि र रोजगारी प्राथमिकतामा छन् । त्यसैले यो बजेट तुरुन्तै कार्यान्वयनमा लैजानुपर्छ ।

हो विगतमा बजेट कार्यान्यनमा समस्या देखियो । हामी सत्तापक्षका सांसद ती कुरा उठाउन चाहन्थ्यौ । तर आफूलाई लोकतन्त्रवादी मान्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सार्वभौम संसद अवरुद्ध गरेको छ ।

संसद अवरुद्ध गरेर प्रतिपक्षले जनताका आवाज अवरुद्ध गरेको छ । हामी सत्तापक्षले सरकारको आलोचना गर्ने थियौ, सुझाव दिने थियौ र बजेट कार्यान्वयनका लागि दवाव दिन्थ्यौ । तर प्रतिपक्षले सरकारको विरोध गर्न दिएन ।

बजेट उत्कृष्ट छ माथि डा. युवराज खतिवडा यहाँ झपट बोहरा विज्ञ हुनुहुन्छ त्यसैले यो प्रदेशमा अरु प्रदेशका भन्दा सन्तुलित बजेट आयो । बजेट सन्तुलित भएकोले नागरिक समाज र स्थानीय तहबाट आलोचना भएको छैन् ।

यो बजेटमा मानविय त्रुटी होलान, प्राविधिक र छपाईका त्रुटी होलान त्यो सच्चाउनुपर्छ । सार्वजनिकरुपमा ति कुरा सच्याउने प्रतिवद्धता सरकारले गरेकोले हामी सत्ता पक्षका सांसद यो बजेट आजै पास गर्नुपर्छ भन्नेमा पुगेका छौ ।

विगतमा बजेट सन्तुलित भएन, कार्यान्वयन भएन भनेर हामीले बजेट सन्तुलित बनाउने माग सहित मुख्यमन्त्रीलाई हस्ताक्षर गरेर बुझायौ । मुख्यमन्त्रीले हाम्रो माग कार्यान्वय त गर्नुभयो तर फागुनमा गर्नुभयो । अव साउनबाटै बजेट कार्यान्वयन हुनपर्छ ।

अव पनि बजेट समयमै कार्यान्वयन भएन भने अव हस्ताक्षर मुख्यमन्त्रीलाई होइन सिधै प्रदेश प्रमुखलाई बुझाउने छौ सरकारलाई यो हाम्रो चुनौती हो । त्यतिबेला हामी मुख्यमन्त्रीलाई बोद्धार्थ मात्रै दिने छौ । त्यसैले सरकारका मन्त्रीले हरेक महिना बजेट कार्यान्वयनको प्रतिवेदन लिन जरुरी छ ।

कोरोनाको समस्या छ दिनहुँ संक्रमण बढीरहेको छ त्यसैले कोरोना, बाढी र पहिरोमा काम गर्नका लागि पनि साउन १ गतेबाटै बजेटलाई कार्यान्वयनमा लैजानुपर्छ ।

प्रतिपक्ष बजेटमा दंग छ उहाँहरुको ठूला योजना यो बजेटमा समेटिएका छन् प्रतिपक्ष अर्थमन्त्रीको आलोचना नहोस भनेर संसद अवरुद्ध गरिरहेको छ । त्यसैले उस्ले हामीलाई षड्यन्त्रमुलक ढंगले बोल्न नदिन हामी जनप्रतिनिधिका कुरा रोक्न खोज्यो । जनताका आवाज वुलन्द गर्न पाएनौ ।

हामी भ्रष्टाचार हुन दिदैनौ । भ्रष्टाचार गर्नेलाई नेकपाले कार्वाही गर्छ । सरकारले अख्तियार मार्फत भ्रष्टाचार रोक्न खोजेको छ । सदनले भ्रष्टाचार रोक्ने होइन कानून विधि र प्रक्रियाले भ्रष्टाचार रोकिन्छ । २० औ वर्षपछि भ्रष्टाचारीलाई कार्वाही हुन्छ । संसदमा नारा लगाएर भ्रष्टाचार रोकिदैन ।

अहिले जनताका पीर मर्का बुझेर जनप्रतिनिधि एक ढिक्का भएर जानु पर्ने बेला हो । त्यसैले जनताका आवाज संसदमा रोक्ने दुस्साहस नगरौ ।

संसद सरकारको होइन विपक्षको थलो हो । प्रतिपक्षले रोस्टमबाट जनतालाई आफ्ना कुरा सुनाउनु पर्ने थियो । प्रदेश सभा नियमावली अनुसार संसद चल्न दिनु पर्ने थियो । तर सदन, सभामुख र अरु सांसदको मर्यादा नरोखेर प्रतिपक्ष प्रस्तुत भयो ।

( कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य जोशीले बुधबार ०७७/०७८ को बजेट पारित हुन अघि बजेटमाथिको छलफलमा बोलेका कुराको सम्पादित अंश )

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार