७ बैशाख २०८१, शुक्रबार

दुई युवती मृत फेला



धनगढी । धनगढीमा दुई युवती मृत भेटिएकी छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को बेली जंगलमा शनिबार दुई युवती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले मृत युवती धनगढी उपमहानरपालिका वडा नम्बर ७ कै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउत रहेको जानकारी दिए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

युवती मृत भेटिएको स्थानमा सेल्फास नामक विषादी फेला परेकाले विष सेव गरी आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । उनीहरु दुवै युवतीहरु सँगै बस्दै आएको खुलेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार