३ जेष्ठ २०८१, बिहीबार

दादुरा–रुबेला खोप अभियान पुनःशुरु



धनगढी । कैलालीमा दादुरा रुवेला खोप अभियान पुनः शुरु गरिएको छ । कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनले स्थगित गरिएको अभियान आइतबारदेखि पुनः शुरु गरिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

कार्यालयका अनुसार आइतबार घोडाघोडी नगरपालिकाबाट दादुरा–रुबेला खोप तथा पोलियो थोपा खुवाउने अभियान सुरु भएको छ । कार्यालयका अनुसार जेठ १ गते मोहन्याल गाउ“पालिका र भजनी नगरपालिकामा शुरु गरिने छ भने अन्य पा“च वटा स्थानीय तहले जेठ १० गतेदेखि शुरु गर्ने जनाएका छन ।
कैलालीमा चैत १ गतेदेखि शुरु भएको अभियानअन्र्तगत टीकापुर, लम्की चुहा नगरपालिका, जोशीपुर, वर्दगोरिया र जानकी गाउ“पालिकाले १५ गतेभित्रनै खोप अभियान सम्पन्न गरिसकेका थिए ।
कैलालीमा धनगढी उपमहानगरपालिका, गोदावरी, गौरिगंगा नगरपालिका, चुरे र कैलारी गाउ“पालिकाले १० गतेदेखि अभियान शुरु गर्ने जनाएका छन ।
घोडाघोडीले सुुुरु गरेको अभियान सञ्चालनका लागि नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा केन्द्र तोकिएका छन् । नगरपालिकाको दरख स्वास्थ्य चौकीबाट अभियान सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले जानकारी दिए । दादुरा–रुबेला खोप तथा पोलियो थोपा खुवाउने अभियानका लागि नगर स्वास्थ्य शाखाले नगरपालिकाका विभिन्न वडाहरूमा ४९ वटा खोप केन्द्र तोकेको छ, भने एउटा खोप केन्द्रका लागि स्वास्थ्यकर्मी र स्वयंसेविका दुई÷दुई जना गरी चार जनालाई खटाइएको नगर स्वास्थ्य शाखा प्रमुख रावतले बताए ।
जन्मेदेखि पा“च बर्ष सम्मका बालबालिकाहरूलाई आफनो नजिकैको पायक पर्ने खोप केन्द्रमा लगेर खोप लगाउन हुन नगर स्वास्थ्य शाखाले सम्पूर्णमा अनुरोध गरेको छ । यस पटक नगरपालिका भित्र रहेका ९ महिनादेखि ५ वर्ष मुनि करिब ८ हजार १ सय बालबालिकाहरूलाई दादुरा रुवेला खोप दिने र ५ वर्ष मुनिका करिब ९ हजार एक सय बालबालिकाहरूलाई पोलियो थोपा खुवाउने लक्ष्य रहेकोे नगर स्वास्थ्य शाखाले जनाएको छ ।
पहिलो चरणको अभियान अनुसार नगर स्वास्थ्य शाखाले घोडाघोडी नगरपालिका दरख स्वास्थ्य चौकी अन्तर्गतका स्थानहरूमा विभिन्न मिति र स्थान तोकेको छ । बैशाख २८ र ३० गते राष्ट्रिय माध्यमिक विद्यालय सुखडमा, बैशाख २९ गते छडी माध्यमिक विद्यालय बेलार, कपिलमुनि आधारभूत विद्यालय र विराट सनातन माध्यमिक विद्यालय घोडाघोडीमा रुबेला खोप तथा पोलियो थोपा खुवाउने नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
त्यस्तै, बैशाख ३१ गते मोहन्याल आधारभूत विद्यालय नारायणपुर, सरस्वती आधारभूत विद्यालय निम्दी र समैजी आधारभूत विद्यालय जुरपानीमा सञ्चालन गरिनेछ । जेष्ठ १ र २ गते नगर स्वास्थ्य केन्द्र सरैयामा, जेष्ठ १ गते दरख माध्यमिक विद्यालय हरिनगर र फारम आधारभूत विद्यालयमा खोप सेवा खोप सेवा उपलब्ध गराइने छ ।
जेष्ठ ३ गते घोडाघोडी नगरपालिका वडा ७ को वडा कार्यालय भवनमा र जेष्ठ ४ दरख स्वास्थ्यचौकीमा सञ्चाल हुने गरि केन्द्र तथा स्थान तोकिएको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ । दादुरा–रुबेला खोप तथा पोलियो थोपा संचालन हुने तोकिएका खोप केन्द्रहरूमा विहान १० देखि साँझ ५ बजे सम्मका लागि खोप खेवा संचालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार