१२ बैशाख २०८१, बुधबार

गजल



कस्तो मगज पुर्णिमाको रातमा नि चाँद तारा हराको ।
पृथ्वी लोकमा छ र कहाँ सुर्य नउदाई बिहानि भाको ।।

हुनै नपर्ने के थरी बिलौना चलिराछ आज मेरो देशमा ।
थलिल भैराछ भनेर पुग्दैन क्रान्ति योद्वा अब त जागो । ।

साचो बोलौ त के झुटा आक्षेप ठहरिन्छ नेतागणमा ।
शताब्दीयौ बिते आशामै अझै कति कुर्ने हेर्न यस्तै रडाक‍ो । ।

छ क्रान्ति भाषण छदम भेषमा छैन यहाँ मजेत्रो पनि ।
संस्कारै हो या विधि यस्तै जति लज्जा हुदा नि लाजै नलाको । ।

हो शासन पद्वति नेताले नै चलाउनुपर्छ तर के निविकल्प ।
विश्वमा कयौं परिवर्तन के यहाँ मात्र हो क्रान्ति नेतृत्व नपाको । ।

✍️‘केबिबी किसन’
काठमाडौं, नेपाल

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार