१२ चैत्र २०८१, बुधबार

सामदायिक बिकास मञ्चद्धारा सायल गाउँपालिकामा खाद्यान्न राहत सहयोग



डोटी । कारितास नेपालको आर्थिक सहयोगमा सामुदायिक बिकास मञ्च (सिडिएफ) नेपाल डोटीले सायल गाउँपालिकामा खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभीड १९)को सँक्रमण रोकथामका लागि सरकारी स्तरवाट गरिएको लकडाउनका कारण प्रभावित बिपन्न २ सय घरपरिवारका लागि खाद्यान्न सामाग्री सम्बन्धित वडा कार्यालयलाइ हस्तान्तरण गरिएको बताइएको छ ।

सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलका अनुसार गाउँपालिकाको कार्यबिधी अनुसार वडा कार्यालयले छनौट गरेका बिपन्न ब्यक्तिहरुलाइ खाद्यान्न राहत सामाग्री बितरण गरिने छ ।

सामुदायिक बिकास मञ्च डोटीका अध्यक्ष खडकराज शर्माका अनुसार मार्फत २०० घर परिवारका लागि खाद्य सामाग्री सहयोग गरिएको हो । बिभिन्न वडा कार्यालय मार्फत बिपन्न र ज्यालादारीमा काम गर्ने ब्यक्तिहरुका बितरणका लागि हस्तान्तरण गरिएका खाद्य सामाग्रीहरुमा ५० क्विन्टल चामल, ४ क्विन्टल दाल, ४ क्विन्टल चिनि, ४ सय लिटर खानेतेल ४ सय चक्कि हात धुने साबुन र ४ क्विन्टल नुन रहेको बताइएको छ । खाद्य सामाग्री सायल गाउँपालिका वडा नं. २,३,४, ५ र ६ कार्यालयलाइ हस्तान्तरण गरिएको बताइएको छ ।

सायल गाउँपालिकाका बिभिन्न वडा कार्यालयले ७ सय घरपरिवारलाइ राहत बितरणका लागि छनौट गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार