५ कार्तिक २०८१, सोमबार

भारतमा १० सुदूरपश्चिमेलीले कोरोना जिते



धनगढी । भारतमा बस्दै आएका १० जना सुदूरपश्चिमेलीले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् ।

संक्रमित १० जनालाई अस्पतालबाट डिस्चार्ज गरिए पनि एक जना बालकको कोरोना अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

अछाम घर भई हाल भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका ८ जना सदस्य र बझाङको चैनपुरी घर भई भारतको बैंग्लोरमा काम गर्दै आएका अर्का परिवारका तीनजना सदस्यमा कोरोना पुष्टि भएको थियो ।

चैनपुरका ४५ वर्षीय पुरुष र ३५ वर्षीया उनकी श्रीमती अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने उनका छोराको अहिले उपचार भइरहेको बताइएको छ। अछामको चौरपाटी गाउँपालिका ५, लुंग्राका चेतमान खड्काको परिवार पनि कोरोनालाई जितेर २५ दिनपछि अस्पतालबाट डिस्चार्ज भएको छ।

खड्कासंगै उनका परिवारका आठै जना सदस्य कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएको जानकारी सामाजिक संजाल फेसबुकबाट खड्काले दिएका छन्। उनका दुई छोरी, छोरा, पत्नी, भाइ र भतिजा गरी ११ जनालाई अस्पताल भर्ना गरिएको र परीक्षणका क्रममा आठ जनामा संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार