१४ बैशाख २०८१, शुक्रबार

खाद्यान्न पाएपछि जंगल गएका राउटेहरु घर फर्किए



फाइल तस्बिर प्रकाशविक्रम शाह

डडेलधुरा, वैशाख ८ गते । खाद्यान्न पाउने भएपछि डडेल्धुराको जोगवुढाका राउटेहरु घर फर्किएका छन् । तरुल, गिठा खाएर छाक टार्न सहज हुनेभन्दै एक साताअघि जङ्गल गएका परशुराम नगरपालिका – १२ आमपानीका करिव १२ घरधुरीका राउटे परिवार राहत पाउने भएपछि घर फर्किएका हुन् ।
स्थानीय चन्द्रसिंह राउटे भने, लकडाउनका कारण छाकटार्न समस्या भएपछि तरुल र गिठा खाएर पेटपाल्न गाउँ छोडेर करिव डेढघण्टाको दूरीमा रहेको राष्ट्रिय जङ्गलमा आएका थियौ । अव नगरपालिकाले राहत दिने भनेपछि शनिबार घर फर्किएका छौ । लकडाउनका कारण गाउँमा मजदुरी गर्न नपाउँदा वाँच्न गाह्रो परेको थियो अनिता राउटेले भनिन् ।

फाइल तस्बिर प्रकाशविक्रम शाह


परशुराम नगरपालिकाका प्रमुख भीमवहादुर साउँदले जङ्गल पसेका राउटेहरुलाई घर फिर्ता गरेर राहत समेत उपलब्ध गराएको दावी गरे । राउटेहरुले खाद्यान्न अभावका कारण जङ्गल पस्नुपर्ने अवस्था आउन दिदैनौ उनले भने ।
राउटेहरुले गाईबाख्राका गोठ तथा खोर निर्माणको निँहुमा चुरेक्षेत्रको वन फडानी गर्दै दर्जन बढी टहरा पनि बनाएका थिए । तर ती टहराहरु सब डिभिजन वन कार्यालय जोगबुडा, डङसेरा सामुदायिक वन लगायतको टोलीले जलाएको छ । डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख सरिता लामाले त्यहाँ काटेर छोडिएको सालको रुख पनि बरामद गरिएको छ ।

राउटेहरुले गाईबाख्राका गोठ तथा खोर निर्माणको निँहुमा चुरेक्षेत्रको वन फडानी गरेर बनाइएका टहरा
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार