मासमद्धारा उपमहानगरपालिकालाई मास्क हस्तान्तरण

धनगढी । मानवअधिकार संरक्षण मञ्च (मासम) सुदूरपश्चिम प्रदेश समितिले कोरोना भाइरसको माहामारीबाट उत्पन्न समस्यालाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकालाई मास्क हस्तान्तरण गरेको छ ।
मञ्चका सुदूरपश्चिम प्रदेश अध्यक्ष डिल्लीराज जोशीले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपवहादुर वडलाई बुधबार मास्क हस्तान्तरण गरे ।
कोरोना भाईरसको संक्रमणवाट जोगिन र स्वास्थ्य सुरक्षामा सहयोग पुगोस होस भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत तीन सय मास्क हस्तान्तरण गरिएको मञ्चका प्रदेश सचिव राजेन्द्र रैकाले बताए । हस्तान्तरण कार्यक्रमममा मासमका प्रदेश सदस्य हिक्मतवहादुर दर्जी र नगरपालिकाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
त्यसैगरी मासमले लकडाउनको अवस्थामा नगरपालिका क्षेत्रका केही विपन्न वस्तीमा उनीहरुको मावअधिकार, खाद्यअधिकार र जीवन निर्वाहको अवस्था र भोग्नु परेको समस्याका वारेमा स्थलगत अध्ययन अवलोकन समेत गरेको छ ।